बेसीसहरमा ‘एक चिहान’ मञ्चन !


लमजुङ । एक जना किसान रोगले ग्रस्त भएर उपचारका लागि छटपटिँदा सहयोग पाउँदैन । तर डाक्टर किन एकाएक निःशुल्क उपचारका लागि तयार हुन्छ, किसानको मृत्युपछि परिवारलाई सहयोग गर्न हुने खानेहरु किन तयार हुन्छन् ? उनीहरुको नियत के हो ? त्यसको मेसो असक्त किसानले पाइसकेको हुन्छ र आफ्ना छोराहरुलाई यस बारेमा सम्झाएको पनि हुन्छ । किसानको निधनपछि जेठा छोराले यसलाई दृढटापूर्वक पालना पनि गर्दछन् ।

साउन ३० देखि लमजुङ सदरमुकाम बेसीसहरमा प्रदर्शन भैरहेकाे नाटक ‘एक चिहान’ ले समाजको नियत र पारिवारिक दु:ख सुखका कथा यसैगरी भन्दै अगाडि बढ्छ । दु:ख गरेर अन्न उब्जाउने किसान, अरुको घर बनाउँदा आफ्नो जीर्ण घर मर्मत गर्न नभ्याउने ज्यामीको कथा यसमा छ । संघर्ष र पारिवारिक सुख दु:खमा रमाउँदै बसेका किसान परिवार प्राकृतिक विपत्तिमा परेर एक चिहान हुन्छन् । उपन्यासको यो कथा भन्न नाटकमा एक घन्टा ४० मिनेट समय लागेको छ ।

हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित उपन्यासलाई मञ्जरी नाट्य समूह र पोखरा थियटरले नाटकमा रूपान्तरण गरेका हुन् । नाटकमा रोगी र वृद्ध तर स्वाभिमानी किसानको भूमिकामा जनक पराजुलीको अभिनय छ । कथामा आमाको भूमिकामा राेशनी रामदामको अभियन देख्न पाइन्छ । किसानको जेठो छोरा रविन्द्र मल्ल, कान्छी छोरी दिप्सना विश्वकर्मा, र डाक्टर बनेका परिवर्तनको अभिनय सशक्त देखिन्छ ।

नाटकमा २० जना कलाकारहरु छन् । नाटकमा केदार बाेहाेरा, सञ्जाेग लामिछाने, उमा पुन, प्रकाश रेग्मी, रञ्जु दाहाल, मिलन श्रेष्ठ, धनकाजी श्रेष्ठ, रमेशबाबु तिमिल्सिना, रुबीना मगर, ध्रुव प्रधान, आशिष् परियार, अमृता गुरुङ, सुस्मिता थापा, सुबास मालुवा, प्रदिप रोकायलगायतको अभिनय रहेको छ।

नाटकको सुत्रधार तथा निर्देशक परिवर्तन हुन भने संयाेजन केदार बाेहाेराले गरेका हुन् । बजार ब्यवस्थापनमा प्रकाश पराजुली र भरत राना छन् । निर्देशक परिवर्तन विगत एक दशक बढि समयदेखि पोखराको नाट्यकर्ममा सक्रिय छन् । पोखरा थिएटरका परिकल्पनाकार, संस्थापक समेत रहेका उनी हाल थिएटरमा सिइओ छन् । ‘एक चिहान’ कक्षा १२ को पाठ्यक्रममा पनि रहेको छ ।

लमजुङका विभिन्न विद्यालयका विद्यार्थीलाई दैनिक तीन शाेमा नाटक देखाईएकाे मञ्जरी नाट्य समुह लमजुङका अध्यक्ष केदार बाेहाेराले जानकारी दिए ।

सुरु भएर लगातार मञ्चन भइ अन्त्य हुने नाटकमा प्रकाशको मद्दतले दृश्यहरुको सिलसिला मिलाइएको छ । पृष्ठभूमिमा बज्ने संगितले नाटकको भावमा उभार दिएको छ । नाटकको टिकट दर तीन सय रुपैयाँ कायम गरीएको छ । तर विद्यार्थीका लागि विशेष सहुलियतमा एकसय पचास रूपियाँ राखिएकाे उनले जानकारी दिए ।

“रङ्गमञ्चद्धारा शिक्षण सिकाई” भन्ने नाराका साथ प्रस्तुत गरिएकाे नाटक भदाै १ गतेसम्म प्रदर्शन हुनेछ । नाटक बेसीसहरकाे बरण्डा रेष्ट्रो एण्ड इभेन्ट्समा प्रदर्शन गरिएकाे छ । जिल्लामा रङ्गमञ्चबारे जानकारी दिन, विद्यार्थीलाई नाटककाे भाव, अभिनय र विधिबारे जानकारी दिने उदेश्यले प्रदर्शन गरिएकाे बाेहाेराले बताए ।

नाटक प्रदर्शनकाे ब्यवस्थापन मञ्जरी नाट्य समूहले गरेकाे छ । लमजुङमा रङ्गमञ्चको उत्थानमा मञ्जरी नाट्य समूह क्रियाशिल रहँदै आएको छ । २०७३ सालमा स्थापना भएकाे मञ्जरीले बालविवाह, दाइजो प्रथा, धामी झाक्री, कुलत, चेलीवेटी बेचविखन आदी विषयमा नाटक प्रदर्शन गर्दै आएको छ । मञ्जरीले थिएटर नाटक फड्के, पानीघट्ट, नौगेडी सफलरुपमा देश विदेशमा प्रदर्शन गरिसकेकाे छ।

प्रदर्शनकारी कलाको माध्यमले पोखरा शहरलाई जीवन्त बनाइराख्न २०७४ मा स्थापना भएकाे पोखरा थिएटरले निरन्तररूपमा विविध रङगमञ्चीय गतिविधिहरू गर्दै आएको छ । यो समयमा पोखरा थिएटर अनेक स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहको समेत कला प्रदर्शनको मञ्च बनेको छ । पोखरा थिएटरले पोखरा–४ गैह्रापाटनमा गन्धर्व नाटक घर सञ्चालन गर्दै आईरहेको छ । गन्धर्व नाटक घर रङ्गप्रेमी रङ्गकर्मीहरूको श्रम तथा लगानीमा स्थापना गरिएको गण्डकी प्रदेशको एकमात्र नाटक घर हो । संघीय राजधानी भन्दा बाहिर स्थापित भई नियमित रुपमा नाट्य गतिविधिहरू सञ्चालन गरिरहेको यस नाटक घर नेपाली रंगमञ्चमा नाट्य विकेन्द्रीकरणको सम्वाहक बनेकाे छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist