लमजुङ । डिभिजन वन कार्यालय लमजुङले चालु आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेका पाँच जना कर्मचारीलाई सम्मान गरेकाे छ ।
कार्यालयले बिहीबार आयोजना गरेको वार्षिक समीक्षा, पञ्चबर्षिय वन व्यवस्थापन कार्ययोजना मस्यौदा उपर छलफल तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई प्रशंसापत्रसहित सम्मान गरेको हो ।
सम्मानित हुनेमा डिभिजन वन कार्यालयमा कार्यरत वन अधिकृत एवं सुचना अधिकारी सन्तोष खनाल, लेखा अधिकृत विष्णुहरी न्यौपाने, सव डिभिजन वन कार्यालय मध्यनेपालमा कार्यरत वनरक्षक इन्द्रबहादुर घर्ती, सवडिभिजन कार्यालय राइनास–दुधपोखरीमा कार्यरत फरेष्टर खुमराज थापा र डिभिजन वन कार्यालयका सवारी चालक रामजी वास्ताकोटी रहेका छन् ।
जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ र डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजन वन अधिकृत दिपक प्रसाद पण्डितले टिका र प्रशंसापत्रबाट कर्मचारीलाई सम्मान गरे ।
कार्यालयले प्रत्येक वर्ष आर्थिक वर्षको अन्तिममा उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा अन्य कर्मचारीभन्दा बढी सन्तोषजनक काम गर्ने कर्मचारीलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको डिभिजन वन अधिकृत दिपक प्रसाद पण्डितले बताए ।
वन संरक्षण, कार्यालयबाट भएका निर्देशनको कार्यपालना, कुशल नेतृत्व गरी वन संरक्षण, संवद्र्धन र व्यवस्थापनको जिम्मेवारीमा रहेका कर्मचारीको हौसला प्रदान गर्न र मनोबल बढाउन सम्मान गरिएको डिभिजन वन अधिकृत पण्डितले बताए ।
लोकदृश्य
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link