लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कामले द्रुत गति लिएकाे छ । शिलान्यास भएकाे ५ महिनामै भवनकाे चाैंथाे तलाकाे ढलानसमेत सकिएकाे छ ।
२०८२ जेठ २३ सम्म निर्माण सम्पन्न गर्नेगरि सम्झाैता भएकाे भवनकाे गत फागुन १५ गते मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले औपचारिक रुपमा शिलान्यास गरि निर्माण कार्यको प्रारम्भ गरेका थिए ।
भवन निर्माणको लागि संघीय सरकार स्थानिय पूर्वाधार कार्यालय र मर्स्याङ्दी गाउँपालिकाले ६० / ४० लागत बेहोर्ने गरि भ्याटसहित ५ करोड ९७ लाख ६६ हजार ७ सय ६ रुपैयाँमा भवन निर्माणका लागि सम्झौता गरिएको हो ।
प्राविधिक र आर्थिक प्रस्तावमा सवै प्रक्रिया पूरा गरेर शैलेन्द्र – जयज्योती – बौद्दनाथ जे.भी. संग २०८० जेठ २३ गते सम्झौता गरेको गाउँपालिकाका ईन्जिनियर सुरेश गौतमले जानकारी दिए । गौतमका अनुसार निर्माण व्यवसायीले २०८२ जेठ २३ गते भित्र भवन बनाइसक्ने गरी सम्झौता भएको छ ।
उक्त प्रशासकीय भवनको पहिलो तल्ला अपाङ्ग मैत्री रहेको छ भने भवनको संरचनामा नै बेसमेन्ट पार्किङको समेत सुविधा रहने छ ।
२८ वटा कोठाको तीनतले भवनमा अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका छुट्टाछुट्टै कार्यकक्ष रहने छ ।
हाल गाउँपालिकाको भवन नहुँदा साविककाे भुलभुले गाविस भवनमा गाउँपालिका कार्यालय, पञ्चविचार प्राविमा वडा कार्यालय र केही शाखा कार्यालय रहेका छन् भने केहि शाखाहरु खुदिमा संचालन भईरहेको छ ।
प्रशासकीय भवन निर्माणपछि हाल शाखाहरु छरिएर रहँदा जनताले पाएको सास्ति हटेर सर्वसुलभ तरिकाले सेवा पाउने विश्वास गाउँपालिकाले लिएको पालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
लोकदृश्य
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link