किरिया कर्ममा बस्दा पनि जनताकै सेवा !


लमजुङ  : सामान्यतयाः किरियापुत्रीले किरियाकर्मबाहेक अन्य काम गर्नुहुँदैन भन्ने मान्यता छ। हुन पनि शोकमा रहेका बेला दिवंगतको सम्झानामा किरियाकर्म गर्ने, इष्टमित्र, छिमेकी र साथीभाइहरूबाट समवेदना ग्रहण गर्दैमा किरियापुत्रीको दिन बित्छ। 

लमजुङको राइनास नगरपालिका–१ साहिँलीटारका नरेन्द्रराज घिमिरे भने किरिया कर्ममा रहे पनि जनताको सेवा प्रवाहमा खटिरहेका छन्। घिमिरे लमजुङकै दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्। उनलाई अहिले पितृशोक परेको छ। उनका पिता दुर्गाभक्त घिमिरेको ८२ वर्षको उमेरमा गत असार १९ गते निधन भयो। हाल उनी पिताको किरिया कर्मका लागि घरमा छन्। तर, घिमिरेले जनताको सेवा प्रवाहमा असर नपरोस भनेर नियमित काममा खटिरहेका छन्।

आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी छ। आर्थिक वर्ष सकिन लाग्दा आर्थिक कारोबार बन्द हुने भएकाले यतिबेला सरकारी कार्यालयहरूमा चापाचाप छ। विशेषगरी यो आर्थिक वर्षभरि सञ्चालन भएका योजना, कार्यालयमा हुने अन्य थुप्रै काम कारबाही र कर्मचारीका तलबभक्ताको भुक्तानी दिने समय भएकाले पनि कार्यालयमा चाप बढेको हो।

सरकारी कार्यालयसँगै स्थानीय तहहरूको आर्थिक भुक्तानीको काम भ्याइनभ्याइ छ। वर्षभरि सञ्चालन भएका योजनाको बाँकी भुक्तानी लिन पालिकाहरूमा सरोकारवालाहरूको भीड छ। कार्यालयका प्रमुखलाई तोक लगाउँदैमा र लेखा अधिकृतलाई भुक्तानी दिन भ्याइनभ्याइ छ।

‘आर्थिक वर्ष सकिन लागेकाले विकास निर्माणका भुक्तानी, कर्मचारीको तलबलगायतका महत्वपूर्ण कामहरू ओझेलमा नपरोस् भन्ने छ। त्यसैले किरियाकर्ममा भए पनि कार्यालयको काम गरिरहेको छु’, लेखापाल घिमिरेले भने। 

बुबाको किरियामा रहे पनि उनले कार्यालयको काम छोडेका छैनन्। सामान्यतयाः किरियापुत्रीले किरियाकर्मबाहेक अन्य काम गर्न हुँदैन भनिन्छ। तर, घिमिरेले यतिबेला कार्यालयको काम नगर्ने हो भने धेरैजसोको आर्थिक चौपट हुन्छ। कार्यालयबाट सम्पादन हुने कैयौं योजनाको भुक्तानीदेखि कार्यालयका कर्मचारीहरूको तलब भत्तासमेत रोकिन्छ।

लेखा अधिकृतको पदीय जिम्मेवारीले घिमिरेले घरबाटै कार्यालयको काम गरिरहेका छन्। उनले भने, ‘आर्थिक वर्षको अन्त्यमा मेरा कारणले जनताको सेवा प्रवाहमा असर नपरोस् भनेर घरबाटै भए पनि नियमित रूपमा कार्यालयको काम गरिरहेको छु।’

कार्यालयको लेखासँग सम्बन्धित सबै काम घिमिरेकै जिम्मामा हुन्छ। उनको अनुपस्थितिले कार्यालयका दैनिक कामकाज प्रभावित हुन्छन्। तर, प्रविधिको सहयोगमा घरबाटै कार्यालयको काम गर्न पाउँदा सन्तोष लागेको उनले बताए। किरियामा बसेका घिमिरेलाई गाउँपालिकाको कार्यालयले घरमै आवश्यक फाइलहरू लगिदिएको छ। ती फाइल र बिल भरपाईहरू हेरेर उनले घरबाट इन्टरनेटको माध्यमले भुक्तानी गरिरहेका छन्। दूधपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले  लेखा अधिकृत किरियामा रहे पनि उनले सम्पादन गर्नुपर्ने काम घरबाटै गरिरहेका र कुनै पनि काम नरोकिएको बताए।

हुन त सरकारी नियमअनुसार उनले पिताको किरियाका लागि १५ दिनको बिदा पाउँछन्। यो बिदामा उनलाई काम गर्न पर्दैन। तर, आर्थिक वर्षको समाप्तिका बेला उनले काम नगर्दा कार्यालयबाट हुनुपर्ने भुक्तानी रोकिएर धेरै समस्या आउन सक्ने भएकाले घरबाटै भए पनि कार्यालयको काम गरेको उनले बताए।

गाउँपालिकाका प्रशासन प्रमुख रमण बरालले गाउँपालिकाबाट भुक्तानीका लागि आवश्यक कागजातसहितको फाइल राइनासको साहिँलीटारस्थित लेखा अधिकृत घिमिरेको घरमा पुर्‍याउने गरिएको बताए। घिमिरेले किरियामा बसेर पनि कार्यालयको काम गरिरहेकाले भुक्तानीको काम नरोकिएको गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले बताए। दुःखको अवस्थामा पनि जनताको सेवा गरेकोमा सेवाग्राही भने खुसी भएका छन्।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist