किरिया कर्ममा बस्दा पनि जनताकै सेवा !


लमजुङ  : सामान्यतयाः किरियापुत्रीले किरियाकर्मबाहेक अन्य काम गर्नुहुँदैन भन्ने मान्यता छ। हुन पनि शोकमा रहेका बेला दिवंगतको सम्झानामा किरियाकर्म गर्ने, इष्टमित्र, छिमेकी र साथीभाइहरूबाट समवेदना ग्रहण गर्दैमा किरियापुत्रीको दिन बित्छ। 

लमजुङको राइनास नगरपालिका–१ साहिँलीटारका नरेन्द्रराज घिमिरे भने किरिया कर्ममा रहे पनि जनताको सेवा प्रवाहमा खटिरहेका छन्। घिमिरे लमजुङकै दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्। उनलाई अहिले पितृशोक परेको छ। उनका पिता दुर्गाभक्त घिमिरेको ८२ वर्षको उमेरमा गत असार १९ गते निधन भयो। हाल उनी पिताको किरिया कर्मका लागि घरमा छन्। तर, घिमिरेले जनताको सेवा प्रवाहमा असर नपरोस भनेर नियमित काममा खटिरहेका छन्।

आर्थिक वर्ष सकिन केही दिन मात्र बाँकी छ। आर्थिक वर्ष सकिन लाग्दा आर्थिक कारोबार बन्द हुने भएकाले यतिबेला सरकारी कार्यालयहरूमा चापाचाप छ। विशेषगरी यो आर्थिक वर्षभरि सञ्चालन भएका योजना, कार्यालयमा हुने अन्य थुप्रै काम कारबाही र कर्मचारीका तलबभक्ताको भुक्तानी दिने समय भएकाले पनि कार्यालयमा चाप बढेको हो।

सरकारी कार्यालयसँगै स्थानीय तहहरूको आर्थिक भुक्तानीको काम भ्याइनभ्याइ छ। वर्षभरि सञ्चालन भएका योजनाको बाँकी भुक्तानी लिन पालिकाहरूमा सरोकारवालाहरूको भीड छ। कार्यालयका प्रमुखलाई तोक लगाउँदैमा र लेखा अधिकृतलाई भुक्तानी दिन भ्याइनभ्याइ छ।

‘आर्थिक वर्ष सकिन लागेकाले विकास निर्माणका भुक्तानी, कर्मचारीको तलबलगायतका महत्वपूर्ण कामहरू ओझेलमा नपरोस् भन्ने छ। त्यसैले किरियाकर्ममा भए पनि कार्यालयको काम गरिरहेको छु’, लेखापाल घिमिरेले भने। 

बुबाको किरियामा रहे पनि उनले कार्यालयको काम छोडेका छैनन्। सामान्यतयाः किरियापुत्रीले किरियाकर्मबाहेक अन्य काम गर्न हुँदैन भनिन्छ। तर, घिमिरेले यतिबेला कार्यालयको काम नगर्ने हो भने धेरैजसोको आर्थिक चौपट हुन्छ। कार्यालयबाट सम्पादन हुने कैयौं योजनाको भुक्तानीदेखि कार्यालयका कर्मचारीहरूको तलब भत्तासमेत रोकिन्छ।

लेखा अधिकृतको पदीय जिम्मेवारीले घिमिरेले घरबाटै कार्यालयको काम गरिरहेका छन्। उनले भने, ‘आर्थिक वर्षको अन्त्यमा मेरा कारणले जनताको सेवा प्रवाहमा असर नपरोस् भनेर घरबाटै भए पनि नियमित रूपमा कार्यालयको काम गरिरहेको छु।’

कार्यालयको लेखासँग सम्बन्धित सबै काम घिमिरेकै जिम्मामा हुन्छ। उनको अनुपस्थितिले कार्यालयका दैनिक कामकाज प्रभावित हुन्छन्। तर, प्रविधिको सहयोगमा घरबाटै कार्यालयको काम गर्न पाउँदा सन्तोष लागेको उनले बताए। किरियामा बसेका घिमिरेलाई गाउँपालिकाको कार्यालयले घरमै आवश्यक फाइलहरू लगिदिएको छ। ती फाइल र बिल भरपाईहरू हेरेर उनले घरबाट इन्टरनेटको माध्यमले भुक्तानी गरिरहेका छन्। दूधपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गोदारले  लेखा अधिकृत किरियामा रहे पनि उनले सम्पादन गर्नुपर्ने काम घरबाटै गरिरहेका र कुनै पनि काम नरोकिएको बताए।

हुन त सरकारी नियमअनुसार उनले पिताको किरियाका लागि १५ दिनको बिदा पाउँछन्। यो बिदामा उनलाई काम गर्न पर्दैन। तर, आर्थिक वर्षको समाप्तिका बेला उनले काम नगर्दा कार्यालयबाट हुनुपर्ने भुक्तानी रोकिएर धेरै समस्या आउन सक्ने भएकाले घरबाटै भए पनि कार्यालयको काम गरेको उनले बताए।

गाउँपालिकाका प्रशासन प्रमुख रमण बरालले गाउँपालिकाबाट भुक्तानीका लागि आवश्यक कागजातसहितको फाइल राइनासको साहिँलीटारस्थित लेखा अधिकृत घिमिरेको घरमा पुर्‍याउने गरिएको बताए। घिमिरेले किरियामा बसेर पनि कार्यालयको काम गरिरहेकाले भुक्तानीको काम नरोकिएको गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले बताए। दुःखको अवस्थामा पनि जनताको सेवा गरेकोमा सेवाग्राही भने खुसी भएका छन्।

लोकदृश्य
+ posts

ताजा खबर

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई भने : काम गर्न नसके पद ओगटेर बस्न हुँदैन

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई भने : काम गर्न नसके पद ओगटेर बस्न हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित लक्ष्य हासिल हुने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। बुधबार अपरान्ह प्रधानमन्त्री...

चीनसँगको द्विपक्षीय मामिलामा अन्य राष्ट्रले चासो लिनु अनुचित : प्रदीप ज्ञवाली

चीनसँगको द्विपक्षीय मामिलामा अन्य राष्ट्रले चासो लिनु अनुचित : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्।...

बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई घिसिङको पत्र

बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई घिसिङको पत्र

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का...

अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटकलाई एक्यापकाे स्वागत !

अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटकलाई एक्यापकाे स्वागत !

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङले मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानी बगैंचामा रहेको पर्यटक प्रवेश शुल्क केन्द्र, चेक...

नेकपा एस लमजुङका नेताहरुले परित्याग गरे पार्टी

नेकपा एस लमजुङका नेताहरुले परित्याग गरे पार्टी

लमजुङ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) मा आवद्ध लमजुङका नेता कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन् ।नेकपा एसका पूर्व...

स्थानीय तह उपनिर्वाचन मंसिर १६ मा, हिउँदे अधिवेशन बन्द गर्ने सरकारको निर्णय

स्थानीय तह उपनिर्वाचन मंसिर १६ मा, हिउँदे अधिवेशन बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहमा रिक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले...

बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध

बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । आइतबार दिनभरको वर्षाले बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । योे सडकअन्तर्गत बेँसीसहर नगरपालिकाको...

स्वास्थ्य कार्यसम्पादनमा मर्स्याङ्दी गाउँपालिका प्रथम

स्वास्थ्य कार्यसम्पादनमा मर्स्याङ्दी गाउँपालिका प्रथम

स्वास्थ्य क्षेत्रकाे कार्यासम्पादनमा लमजुङका ८ वटा स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका सवैभन्दा उत्कृष्ट भएकाे छ ।स्वास्थ्य कार्यालय लमजुङले विभिन्न सूचकका आधारमा...

स्थानीय तहको स्वमूल्यांकनमा लमजुङका ८ पालिकामध्ये मर्स्याङ्दी गाउँपालिका उत्कृष्ट

स्थानीय तहको स्वमूल्यांकनमा लमजुङका ८ पालिकामध्ये मर्स्याङ्दी गाउँपालिका उत्कृष्ट

लमजुङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा मर्स्याङ्दी गाउँपालिकाले सबैभन्दा बढी...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist