मदन भण्डारीले मार्क्सवादको झण्डा नेपालबाट उठाउनुभयाे : उपमहासचिव गुरूङ



काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य पृथ्वी सुब्बा गुरुङले मदन भण्डारीले मार्क्सवादको झण्डालाई नेपालबाट उठाउनुभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै गुरुङले भण्डारीले कम्युनिष्ट आन्दोलन असफल भयो भनेर भनिएको बेला नेपालबाट आन्दोलनको झण्डा उठाउनुभएको बताए । ‘संसारभरिको कम्युनिष्ट आन्दोलनलाई प्रेरणा दिएर मार्क्सवाद–लेनिनवादको झण्डालाई माथि उठाउने महान् व्यक्तित्व मदन भण्डारी हुनुहुन्थ्यो’, उनले भने ।

गुरुङले मदन भण्डारीले ल्याउनु भएको जनताको बहुदलीय जनवाद जनताको जनवादकै स्वरूप भएको बताए । धेरै कम्युनिष्टहरुले जनताको जनवाद एकदलीय हुन्छ भन्ने सिद्धान्त जस्तो मानेर गरेका शासन सञ्चालन असफल भएका उनले बताए । त्यस्तो बेला जनताको जनवादी व्यवस्था अब बहुदलीय प्रतिस्पर्धामा चल्छ भनेर मार्क्सवाद सिर्जनात्मक प्रयोगका काम नेपालमा मदन भण्डारीले गर्नुभएको उनले स्पष्ट पारे।

मदन भण्डारीकै कारण नेपालको र विश्वको कम्युनिष्ट आन्दोलन अहिले उचाइमा उठेको उनले बताए । बहुदलीय प्रतिस्पर्धाबाट पनि कम्युनिष्टहरु सत्तामा पुगेर जनताको सेवा गर्न सक्दछन् भन्ने कुरा जनताको बहुदलीय जनवादले स्थापित गरेको उनले प्रष्ट पारे ।
संसद् र सडकको सङ्घर्ष जोडेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सकिन्छ भनेर मदन भण्डारीले भन्नुभएको कुरा आज पुष्टि भएको उनले बताए ।

मार्क्सवादलाई सिर्जनात्मक रूपले प्रयोग गरेर नेपालमा कम्युनिष्ट आन्दोलन स्थापित भएको उनले बताए । ‘कम्युनिष्ट पार्टीले आफ्नो सामर्थ्य नेपालमा देखाएको छ, आज सबैभन्दा लोकप्रिय आन्दोलन र पार्टी कम्युनिष्ट पार्टी बनेको छ’, उनले भने।

शान्तिपूर्ण आन्दोलनबाट सत्ता परिवर्तन हुँदा पुरानै सेना, प्रहरी, न्यायालय, कर्मचारीको संयन्त्रबाट काम चलाउनु पर्ने भएकोले अन्तर्विरोध हुने कुरा मदन भण्डारीले भन्नुभएको उनले बताए । अहिलेको नेपालको अन्तर्विरोध त्यही भएको गुरुङले स्पष्ट पारे । नेपालका सेना, प्रहरी, न्यायालय र कर्मचारी संयन्त्रमा आमूल परिवर्तन आवश्यकता रहेको उनको भनाई छ ।

बहुदल प्राप्त भए पछि नेपाली सेनामा सबैभन्दा बढी राजनीतिकरण भएको गुरुङले बताए । अब त्यो राजनीतिकरणबाट, पार्टीकरण र गुटकरण हुँदै व्यक्तीकरणको अवस्थामा आएको भन्दै गुरुङले चिन्ता व्यक्त गरे । ‘पुलिसले आफ्नो श्रेष्ठता पुष्टि गर्न सकेको छैन, किन भने त्यसलाई हामीले ध्वस्त बनाएका छौँ’, गुरुङले भने ।

पुलिसले नेता र मन्त्रीलाई सोधेर मात्र मुद्दा लिने र मुद्दा चलाउने गरेको उनले बताए । यसबाट नेपाल प्रहरीलाई माथि नउठाउने हो भने लोकतन्त्र सफल हुन नसकेको उनको धारणा छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अवस्था त्यही रहेको गुरुङले प्रष्ट पारे ।

सरकारका पुराना संयन्त्रलाई संघीय लोकतान्त्रिक प्रणाली अनुकूल बनाउँदा मात्रै संघीय लोकतन्त्र सफल हुने उनले प्रष्ट पारे । देश संघीय लोकतान्त्रिक व्यवस्थामा गए पनि न्यायालय अहिले पनि एकात्मक प्रणालीमा नै रहेको उनले बताए । ‘यो अहिले पनि एकात्मक छ, संघात्मक होइन, यो अहिले पनि एकात्मक शासन प्रणालीमैत्री छ, संघीय शासन प्रणालीमैत्री होइन, हिजोको जे रवैया थियो, जे चरित्र थियो, आज पनि त्यही छ, यसले हाम्रो शासन प्रणालीमा धेरै सङ्कट पैदा गरेको छ’, गुरुङले भने ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist