लमजुङ । सदरमुकाम बेसीशहरमा रहेको यूनिभर्सल एकेडेमी बोर्डिङ स्कुलका दुई जना विद्यार्थीले एसईई परिक्षामा ४ जिपिए ल्याउन सफल भएका छन् ।
बिहीबार सार्वजनिक भएको एसईई परिक्षाको नतिजा अनुसार विद्यालयका एक छात्र र एक छात्रा गरि दुई जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ । बेसीशहर नगरपालिका ७ का आयुष के.सी र बेसीशहर ८ का आयुष्मा गुरुङले ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल भएका विद्यालयका प्रिन्सिपल बिमल अधिकारीले जानकारी दिए ।
उनका अनुसार ४ जिपिए प्राप्त गर्ने दुई जना सहित ३० जना विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्त गरेका छन् । एसइइ परिक्षामा सहभागी भएका ६३ जना विद्यार्थी मध्य ३.६ देखि ४ जिपिए प्राप्त गर्ने ३० जना, ३.२ जिपिए देखि ३.६ जिपिए प्राप्त गर्ने २३ जना र २.८ जिपिए देखि ३.२ जिपिए प्राप्त गर्ने ९ जना रहेका छन् । एकजना विद्यार्थी भने अबर्गिकृतमा परेको विद्यालयले जनाएको छ ।
४ जिपिए ल्याउनेमा अर्को एक जना कुसुमाकर माध्यामिक विद्यालय मध्यनेपाल-७ का बिस्वास घिमिरे रहेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट घिमिरेले मात्र ४ जिपिए ल्याउन सफल भएका हुन् ।
देशभर १ सय ८६ जना विद्यार्थीले मात्र ४ जिपिए ल्याएका छन् । युनिभर्सल एकेडेमीले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रिन्सिपल अधिकारीले बताए । विद्यालयले अघिल्ला बर्षहरूमा पनि निरन्तर उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको अधिकारीले बताए ।
यूनिभर्सल एकेडेमी प्याब्सन लमजुङको उत्कृष्ट विद्यालय हो । गतवर्ष यस विद्यालयले प्याव्सन कप जित्न सफल भएकाे थियाे ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















