बेसीसहर खानेपानीको अधिवेशन : दलहरुलाई ‘मिनी चुनाव’ !

लमजुङ । असार ७ र ८ गते हुन लागेको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनले बेसीसहरको राजनीतिक माहोल तताएको छ ।

१० वर्षपछि हुन लागेको निर्वाचनमा आफ्नो प्यानल निर्वाचित गराउन राजनीतिक दलहरु घुँडा धसेर लागिपरेका छन् । उनीहरुले संयुक्त र एकल प्यानल बनाएर निर्वाचन प्रचारमा होमिएका छन् ।

नेपाली काँग्रेसले राप्रपासँग मिलेर प्यानल बनाएको छ भने, एमालेले माओवादीसँग मिलेर प्यानल बनाएको छ । रास्वपा काँग्रेस एमालेकै मान्छे तानेर एक्लै मैदानमा उत्रिएको छ ।

काँग्रेस र राप्रपाले लोकतान्त्रिक समूह नाम दिएर खानेपानीका वर्तमान उपाध्यक्ष लोकेन्द्र गुरुङको अध्यक्षतामा प्यानल बनाएको छ । सो समूहको उपाध्यक्षमा आशकुमारी गुरुङ, सचिवमा चन्द्रकान्त पौडेल, र कोषाध्यक्षमा भगवान पिया रहेका छन् । महिला सदस्यहरुमा अतिरुपा सेढाई र अपना खनाल, दलित सदस्यमा गणेश कामी, खुल्ला सदस्यहरुमा टिकाराम वाग्ले, लोठ बहादुर गुरुङ, नरहरी पौडेल र अजित बहादुर अधिकारी रहेका छन् । राप्रपाबाट सदस्यमा पौडेल र अधिकारी हुन् ।

त्यस्तै नेकपा एमाले र माओवादीले प्रगतिशिल समूह नाम दिएर रामबहादुर गुरुङको अध्यक्षतामा प्यानल बनाएको छ । सो समूहको उपाध्यक्षमा श्रद्धा पौडेल, सचिवमा शम्भुलाल श्रेष्ठ, कोषाध्यक्षमा नन्दलाल श्रेष्ठ, सदस्यहरुमा शान्ति बहादुर बस्नेत, भिमसेन अधिकारी, राजन पौडेल, विनोद तामाङ, महिला सदस्यहरु युग्मी गुरुङ, सविना रिमाल र दलित सदस्यमा गोपाल परियार रहेका छन् । यो समूहमा सचिव उम्मेदवार श्रेष्ठ र सदस्य उम्मेदवार बस्नेत माओवादीका हुन् । यो समूहलाई एकिकृत समाजवादी, जसपासहितको समर्थन छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र समूहको नाम दिएर विष्णु घिमिरेको अध्यक्षतामा प्यानल बनाएको छ । सो समूहबाट उपाध्यक्षमा सविता अधिकारी बराल, सचिवमा श्याम अर्याल, कोषाध्यक्षमा मीना खड्का र सदस्यहरुमा दिपु श्रेष्ठ, भक्तबहादुर अधिकारी, विष्णु सुयँल, अहलदिन मिया, महिला सदस्यहरुमा भीममाया तामाङ गुरुङ, रत्नकुमारी गुरुङ, दलित सदस्यमा केशब दुलाल उमेदवार बनेका छन् ।

तीनवटै समूह आ–आफ्नो प्रतिबद्धता लिएर उपभोक्ताहरु माझ मत माग्न गएका छन् । प्रगतिशिल र स्वतन्त्र समूहले संस्थामा हुने अनियमितता र भ्रष्ट्राचार रोक्ने कामलाई मुख्य रुपमा उठाएका छन् । प्रगतिशिल समूहले संस्थालाई थप पारदर्शी बनाउन चौमासिक पत्रकार भेटघाट, नियमित लेखापरिक्षण र साधारणसभा, सार्वजनिक सुनुवाई र सामाजिक परिक्षण गर्ने प्रतिबद्धता जनाएको छ । थप खानेपानीको स्रोत जुटाउने, शुद्धिकरण गर्ने, नियमित खानेपानी उपलब्ध गराउने उसले प्रतिबद्धता जनाएको छ । लोकतान्त्रिक समूहले मुहानदेखि चुहानसम्म शुद्धता, आर्थिक पारदर्शिता र सवल संस्था निर्माणको प्रतिबद्धता जनाएको छ । स्वतन्त्र समूहले खानेपानी समितिमा सबैप्रकारको शुद्धताको जग बसाउने प्रतिबद्धता जनाएको छ ।

संसदीय अभ्यासमा सामान्यतय यस्ता संघसंस्थामा हुने निर्वाचनलाई ‘मिनी चुनाव’ का रुपमा हेर्ने गरिन्छ । त्यसैले बेसीसहर खानेपानीको निर्वाचनलाई राजनीतिक दलहरुले आफ्नो मत सर्वेक्षणका रुपमा पनि लिएका छन् ।

प्रत्येक ४ वर्षमा हुनपर्ने निर्वाचन १० वर्षसम्म पनि नहुँदा खानेपानी उपभोक्ता समितिमा विविध समस्याहरु देखा परेका थिए । बेसीसहरको मनाङ्गे चौतारालगायतका क्षेत्रमा खानेपानीको समस्या भएको वर्षौ भैसकेको छ । त्यसैले यसपटकको निर्वाचनमा उपभोक्ताले काम गर्नसक्ने क्षमतावान ब्यक्ति र समूह खोजीरहेका छन् ।

चार बर्षे कार्यकाल रहेको उपभोक्ता समितिको अधिवेशन २०७५÷०७६ मै सम्पन्न हुनुपर्ने थियो । २०७६ मा अधिवेशन आह्वान समेत भएकोमा त्यतिबेला कोरोना महामारीलाई कारण, त्यसपछि २०७८ मा पुनः अधिवेशन आह्वान भएकामा ०७९ मा हुने स्थानीय निर्वाचनलाई कारण देखाएर बेसीशहर नगरपालिकाले स्थगित गर्न निर्देशन दिएको थियो ।

बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले गठन गरेको निर्वाचन समितिले यही असार ४ गते मतदाता नामावली प्रकाशन, ६ गते बिहान ११ बजेसम्म मतदाता नामावली उपर दावी विरोध, ६ गते दिउसो २ बजे अन्तिम नामावली प्रकाशन, असार ७ गते दिउसो ४ देखि ६ बजेसम्म उमेदवारहरुको मनोनयन दाखिला, उमेदवारहरुको पहिलो नामावली सोही दिन बेलुका ६.१५ बजे, मनोनयन उपर दावी विरोध सोहीदिन ६.१५ देखि ६.३० सम्म हुने गरी कार्यतालिका सार्वजनिक गरेको छ । त्यस्तै असार ७ गते बेलुकी ७ बजेबाट ८ बजेसम्म मनोनयन फिर्ता, ८.१५ सम्म उमेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने र असार ८ गते बिहान ९ बजेबाट बेलुकी ५ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ ।

बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समिति अन्तर्गत अहिले ब्यक्तिगत र संस्थागत गरी ३ हजार १ सय ९७ धारा जडान गरिएका छन् । यीमध्ये ब्यक्तिगत धारा हुनेले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist