गण्डकी प्रदेशले लमजुङका सात स्थानीय तहलाई सशर्त अनुदान नदिने


लमजुङ- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटअनुसार लमजुङका सातवटा स्थानीय तहले सशर्त अनुदान नपाउने भएका छन् । जिल्लाका चार नगरपालिकासहित तीनवटा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारबाट सशर्त अनुदान नपाउने भएका हुन् ।

गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरणअनुसार बेसीसहर, सुन्दरबजार, राईनास, मध्यनेपाल नगरपालिका र गाउँपालिकातर्फ मस्र्याङदी, दोर्दी र दुधपोखरीका लागि सशर्त अनुदान शून्य रहेको पाइएको हो । आगामी आर्थिक वर्षमा जिल्लाको क्व्होलासोँथार गाउँपालिकाले मात्रै सशर्त अनुदान रकम पाउने भएको छ । क्व्होलासोँथार गाउँपालिकाले चालु प्रकृतिको ४० लाख रुपैयाँ सशर्त अनुदान पाउने भएको हो ।

त्यसैगरी आगामी आर्थिक वर्षमा जिल्लाका दुई स्थानीय तहले विशेष अनुदान पनि नपाउने भएका छन् । आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट विशेष अनुदान नपाउनेमा मध्यनेपाल नगरपालिका र क्व्होलासोँथार गाउँपालिका रहेका छन् । जिल्लाका अन्य ६ वटा स्थानीय तहले भने प्रतिपालिका ४० लाखका दरले विशेष अनुदान पाउने प्रदेश सरकारले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरणमा उल्लेख छ ।

यसअघि संघीय सरकारले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरणअनुसार पनि जिल्लाका चार स्थानीय तहको विशेष अनुदान शून्य रहेको थियो । संघीय सरकारबाट जिल्लाको मस्र्याङ्दी गाउँपालिका, क्व्होलासोथार गाउँपालिका, दूधपोखरी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको लागि विशेष अनुदान शून्य रहेको थियो ।

त्यसैगरी संघीय सरकारबाट प्राप्त हुने अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत राईनास नगरपालिका र सुन्दरबजार नगरपालिकाको समपुरक बजेट शून्य रहेको थियो । संघीय सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि लमजुङका सबै स्थानीय तहका लागि तीन अर्ब चार करोड ८१ लाख रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारबाट पनि चालु आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ४५ लाख रुपैयाँ कम रकम विनियोजन भएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist