गण्डकी प्रदेशले दिनेभयो लमजुङका स्थानीय सरकारलाई करिब १७ करोड अनुदान

लमजुङ– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहका लागि करिब १७ करोड रकम अनुदान प्राप्त हुने भएको छ । प्रदेश सरकारले शनिबार सार्वजनिक गरेको बजेटअनुसार आर्थिक वर्ष २०८१/०८२ का लागि लमजुङलाई १६ करोड ९५ लाख रुपैयाँ विनियोजन भएको हो ।

प्रदेश सरकारले लमजुङ जिल्लालाई चालु आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि एक करोड तीन लाख ८८ हजार रुपैयाँ कम बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ का लागि लमजुङका आठ स्थानीय तहलाई १७ करोड ९९ लाख रुपैयाँ विनियोजन भएको थियो । प्रदेश सरकारले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरणअनुसार जिल्लाका आठ स्थानीय तहमध्ये सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले सवैभन्दा धेरै दुई करोड ७८ लाख रुपैया बजेट पाउने भएको छ । बेसीसहरले चालु आर्थिक वर्षमा तीन करोड २१ लाख रुपैया बजेट पाएको थियो ।

जिल्लाको सुन्दरबजार नगरपालिकाले आगामी आर्थिक वर्षमा दुई करोड ३७ लाख रुपैयाँ पाउने भएको छ । चालु आर्थिक वर्षमा सुन्दरबजार नगरपालिकाले दुई करोड ४८ लाख रुपैयाँ पाएको थियो । त्यसैगरी जिल्लाको मध्यनेपाल नगरपालिकाले दुई करोड २४ लाख १९ हजार रुपैया पाउने भएको छ । मध्यनेपाल नगरपालिकाले चालु आर्थिक वर्षमा दुई करोड ४९ लाख ९० हजार रुपैयाँ पाएको थियो । जिल्लाका नगरपालिकामध्ये सबैभन्दा कम राईनास नगरपालिले भने आगामी आर्थिक वर्षमा दुई करोड चार लाख रुपैयाँ पाउने भएको छ । चालु आर्थिक वर्षमा राईनासले दुई करोड १४ लाख रुपैयाँ पाएको थियो ।

जिल्लाको गाउँपालिकामध्ये पनि सबैभन्दा धेरै मस्र्याङदी गाउँपालिकाले दुई करोड चार लाख रुपैयाँ पाउने भएको छ । मस्र्याङदीले चालु आर्थिक वर्षमा दुई करोड १४ लाख रुपैयाँ बजेट पाएको थियो । यसैगरी दोर्दी गाउँपालिकाले आगामी आर्थिक वर्षमा दुई करोड एक लाख ४० हजार रुपैयाँ पाउने भएको छ । दोर्दीले चालु आर्थिक वर्षमा दुई करोड एक लाख ९८ हजार रुपैयाँ पाएको थियो ।

जिल्लाको विकटमध्येको दूधपोखरी गाउँपालिकाले भने आगामी आर्थीक वर्षका लागि एक करोड ७४ लाख रुपैयाँ पाउने भएको छ भने सबैभन्दा कम क्व्होलासोँथार गाउँपालिकाले आगामी आर्थिक वर्षमा एक करोड ७१ लाख रुपैयाँ पाउने भएको छ । दूधपोखरीले चालु आर्थिक वर्षमा एक करोड ७५ लाख रुपैयाँ पाएको थियो भने क्व्होलासोँथार गाउँपालिकाले चालु आर्थिक वर्षमा एक करोड ७२ लाख ५८ हजार रुपैयाँ बजेट पाएको थियो ।

चारवटा नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा नगरपालिकाका लागि मात्रै नौ करोड ४४ लाख ८३ हजार रुपैयाँ विनियोजन भएको छ भने गाउँपालिकाका लागि मात्रै सात करोड ५० लाख ७८ हजार रुपैयाँ विनियोजन भएको छ । पछिल्ला तीन आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारबाट जिल्लाका लागि प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरण रकम घट्दो क्रममा रहेको छ । अघिल्लो आर्थिक वर्षमा मात्रै प्रदेश सरकारबाट लमजुङमा १८ करोड १६ लाख ५९ हजार अन्तरसरकारी वित्तीय हस्तान्तरण भएको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist