लमजुङ– संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहका लागि तीन अर्बभन्दा बढी रकम अनुदान प्राप्त हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले पेस गरेको बजेटअनुसार आर्थिक वर्ष २०८१/०८२ का लागि लमजुङलाई तीन अर्ब चार करोड ८१ लाख रुपैयाँ विनियोजन भएको हो ।
सरकारले लमजुङ जिल्लालाई चालु आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ४५ लाख कम रकम विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि लमजुङका आठ स्थानीय तहलाई तीन अर्ब पाँच करोड २६ लाख विनियोजन भएको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटअनुसार जिल्लाका आठ स्थानीय तहमध्ये सदरमुकामसमेत रहेको बेसीसहर नगरपालिकाले सबैभन्दा धेरै ४९ करोड तीन लाख बजेट पाउने भएको छ ।
बेसीसहरले चालु आर्थिक वर्षमा ४७ करोड ६ लाख बजेट पाएको थियो । जिल्लाको सुन्दरबजार नगरपालिकाले ४७ करोड ४८ लाख पाउने भएको छ । सुन्दरबजारले चालु आर्थिक वर्षमा ४६ करोड ३० लाख प्राप्त गरेको थियो । यस्तै जिल्लाको मध्यनेपाल नगरपालिकाले ४४ करोड पाँच लाख रुपैया पाउने भएको छ । चालु आर्थिक वर्षमा मध्यनेपाल नगरपालिकाले ४४ करोड ३९ लाख बजेट पाएको थियो । जिल्लाको राईनास नगरपालिले भने ४३ करोड ९७ लाख रुपैयाँ पाउने भएको छ ।
चालु आर्थिक वर्षमा राईनासले ४२ करोड ६१ लाख रुपैयाँ पाएको थियो । जिल्लाको गाउँपालिकामध्ये पनि सबैभन्दा धेरै दोर्दी गाउँपालिकाले ३८ करोड ६ लाख रुपैयाँ पाउने भएको छ । दोर्दीले चालु आर्थिक वर्षका लागि ३९ करोड ४२ लाख रुपैयाँ बजेट पाएको थियो । यसैगरी मस्र्याङ्दी गाउँपालिकाले ३३ करोड पाँच लाख पाउने भएको छ । मस्र्याङ्दी गाउँपालिकाले चालु आर्थिक वर्षमा ३४ करोड ५५ लाख रुपैयाँ पाएको थियो ।
जिल्लाको विकटमध्येको दूधपोखरी गाउँपालिकाले भने आगामी आर्थिक वर्षका लागि २५ करोड १३ लाख रुपैयाँ पाउने भएको छ । चालु आर्थिक वर्षमा दूधपोखरी गाउँपालिकाले २६ करोड ५७ लाख रुपैयाँ विनियोजन भएको थियो । आगामी आर्थिक वर्षका लागि जिल्लामा सबैभन्दा थोरै बजेट क्होलासोँथार गाउँपालिकाले पाउने भएको छ । क्होलासोँथारका लागि २४ करोड १३ लाख रुपैयाँ विनियोजन भएको हो । सो गाउँपालिकामा चालु आर्थिक वर्षमा भने २४ करोड ३६ लाख रुपैयाँ बजेट पाएको थियो ।
चारवटा नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा नगरपालिकाका लागि मात्रै एक अर्ब ८४ करोड ५३ लाख रुपैयाँ विनियोजन भएको छ भने गाउँपालिकाको लागि एक अर्ब २० करोड २८ लाख रुपैयाँ विनियोजन भएको छ । लमजुङका स्थानीय तहका लागि चालु आर्थिक वर्षमा संघीय सरकारबाट तीन अर्ब पाँच करोड २६ लाख रुपैयाँ विनियोजन भएको थियो । पछिल्ला तीन आर्थिक वर्षमा जिल्लाका लागि विनियोजन गरिएको बजेट घट्दो क्रममा छ ।
चार स्थानीय तहले विशेष अनुदान नपाउने
संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटअनुसार लमजुङका चार स्थानीय तहले विशेष अनुदान नपाउने भएका छन् । जिल्लाको मस्र्याङदी, क्होलासोँथार, दूधपोखरी गाउँपालिका र मध्यनेपाल नगरपालिकाले विशेष अनुदान नपाउने भएका हुन् । सरकारले सार्वजनिक गरेको अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरणअनुसार चार स्थानीय तहबाहेक बेसीशहर नगरपालिका र राईनास नगरपालिकाले पनि विशेष अनुदानअन्तर्गत चालु बजेट नपाउने भएका छन् ।
सोही शीर्षकमा सुन्दरबजार नगरपालिकाका निम्ति चालुतर्फ शून्य बजेट विनियोजन भएको छ । बेसीसहर नगरपालिकाले विशेष अनुदानअन्तर्गत पुँजीगततर्फ एक करोड पाँच लाख रुपैया पाउने भएको छ भने राईनास नगरपालिकाले सोही शीर्षकमा तीन करोड रुपैयाँ पाउने भएको छ । त्यसैगरी सुन्दरबजार नगरपालिकाले विशेष अनुदानअन्तर्गत चालुतर्फ तीन करोड १५ लाख रुपैयाँ पाउने भएको छ ।
त्यसैगरी जिल्लाका दुई स्थानीय तहले आगामी आर्थिक वर्षका लागि समपुरक बजेट नपाउने भएका छन् । राईनास नगरपालिका र सुन्दरबजार नगरपालिकाले समपुरक बजेट नपाउने भएका हुन् । सार्वजनिक भएको अन्तरसरकारी वित्तीय विवरणमा समपुरक बजेट शीर्षकमा सुन्दरबजार र राईनासका लागि बजेट विनिययोजन नभएको उल्लेख छ । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि लमजुङका सबै स्थानीय तहका लागि तीन अर्ब चार करोड ८१ लाख रुपैयाँ विनियोजन गरेको छ ।
चारवटा नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा नगरपालिकाका लागि मात्रै एक अर्ब ८४ करोड ५३ लाख रुपैयाँ विनियोजन भएको छ भने गाउँपालिकाको लागि एक अर्ब २० करोड २८ लाख रुपैयाँ विनियोजन भएको छ । सार्वजनिक बजेट विवरणअनुसार जिल्लामा चालुतर्फ दुई अर्ब ७७ करोड १३ लाख रुपैयाँ विनियोजन भएको छ भने पुँजीगततर्फ २७ करोड ६८ लाख रुपैयाँ विनियोजन भएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















