डुम्रे–बेसीसहर सडक : सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न प्रभावितको माग




लमजुङ– डुम्रे–बेसीसहर सडकअन्तर्गत लमजुङका प्रभावितले सडक स्तरोन्नतिका विषयमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न माग गरेका छन् । सडक खण्डअन्तर्गत पाउदीदेखि सदरमुकाम बेसीसहरसम्म लगत कट्टाको तयारी भइरहँदा प्रभावितले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै यसअघि भएको सर्वोच्च अदालतको फैसाला कार्यान्वयन गर्न माग गरेका हुन् ।

डुम्रे–बेसीसहर चामे सडक योजनाले जिल्लास्थित मालपोत कार्यालय र नापी कार्यालयलाई पत्राचार गर्दै पाउदीदेखि बेसीसहरसम्मको सडक दायाँबायाँ १०/१० मिटर हुनेगरी लगत कट्टा गराई डुम्रे–बेसीसहर चामे सडक योजनाको नाममा जग्गाधनी प्रमाणपत्र पुर्जा बनाउन आग्रह गरेको थियो । तर स्थानीयले भने फरक समयमा फरक–फरक मापदण्ड कायम गर्दा नागरिक पीडित भएको भन्दै त्यस विषयमा ध्यान दिन आग्रह गरेका छन् ।

२०२८ सालबाट जिल्ला सदरमुकाम बनेको बेसीसहरमा २०३४ सालमा पनि कुनै सडक मापदण्ड नभएको, तत्कालीन नगर विकास समितिले ७/७ मिटर सडक मापदण्ड निर्धारण गरी भवन संरचनाका लागि स्वीकृति दिएको प्रभावितले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । त्यसयता तत्कालीन पश्चिमाञ्चल सडक डिभिजन कार्यालयले साविक गाउँसहरमा १०/१० मिटर सडक मापदण्ड बनाई लगत कट्टाको तयारी गर्दै गर्दा स्थानीयले सर्वोच्च अदालतमा रिट जाहेर गरेपछि २०६८ मा सर्वोच्चले स्थानियको पक्षमा निर्णय गरेको सो ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सर्वोच्च अदालतको निर्णय पालना नगरी पुन २०७० सालमा १५/१५ मिटर नयाँ मापदण्ड बनाई लगत कट्टाको तयारी भएपछि पुन: सर्वोच्चमा रिट दायर भएको र सो रिट उपर २०७२ मा पुन: सर्वोच्च अदालतले प्रभावितको हकभोगको जग्गाको कानुनबमोजिम मुआब्जा नदिई स्वामित्व परिवर्तन नगर्न आदेश दिएको सो ध्यानाकर्षण पत्रमा उल्लेख छ । सो विषयमा सम्बन्धित निकायमा यसअघि नै ध्यानाकर्षण गराएको भन्दै प्रभावितले हाल सडक डिभिजन कार्यालयले १०/१० मिटर मापदण्ड निर्धारण गरी लगत कट्टा गर्ने तयारी गरेकोले पुन: ध्यानाकर्षण गराएको बताएका छन् ।

डुम्रे–बेसीसहर चामे सडक योजनाद्वारा सर्वोच्च अदालतबाट २०७२ मंसिर १६ गते भएको आदेशको ख्याल नगरी २०८० माघ १७ गते लगत कट्टाका लागि मालपोत कार्यालयसहित जिल्लाका सम्बन्धित निकायमा पत्राचार भएको सार्वजनिक भएकोले सर्वोच्च अदालतको यसअघिका फैसला र आदेशले निर्दिष्ट गरेका प्रकृया पुरा गर्न प्रभावितको माग छ । प्रभावितले जिल्ला प्रशासन कार्यालय, बेसीसहर नगरपालिका, डुम्रे बेसीसहर चामे सडक योजना, सुन्दरबजार नगरपालिका लगायत सरोकारवाला कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

डुम्रे–बेसीसहर चामे सडक योजनाले भने २०३४ सालको नेपाल राजपत्र भाग ३ मा उल्लेख भएबमोजिम जिल्ला सडकको मापदण्ड दायाँबायाँ १०/१० मिटर कायम भएको र सोहीअनुसार लगत कट्टा गरिदिन सम्बन्धित निकायमा आग्रह गरिएको जनाएको छ । सडक मापदण्ड लगतकट्टाको विषयमा मालपोत कार्यालय र नापी कार्यालयमा पठाइएको पत्रको बोधार्थ जानकारी जिल्ला प्रशासन कार्यालय, बेसीशहर नगरपालिका र सुन्दरबजार नगरपालिकामा पनि पठाइएको छ ।

सडक योजनाले पत्राचार गरे पनि लगतकट्टाको काम भने सुचारु हुन सकेको छैन । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु भएको उक्त सडक बेसीसहरसम्मको ४२ किलोमिटरसम्म पुर्‍याउन झण्डै १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्याक खुलेसँगै विसंं २०५२ देखि सिंगल लेनको कालोपत्रे सुरु भएको थियो । सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडक कालोपत्रे भएको थियो । कालोपत्रे भए पछि समय समयमा मर्मत सम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको स्थानीयबासीको भनाइ थियो ।

उक्त सडकमा दैनिक सयौं संख्यामा साना तथा ठूला सवारीसाधन आवतजावत गर्दै आएका छन् । डुम्रे–बेसीसहर सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन् । केही वर्ष अघिदेखि डुम्रे–बेसीसहर सडक दुई लेनको बनाउन थालिएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण सुरु भएको सो सडक पहिलो चरणमा आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म दुई लेन सडक बनाउन थालिएको हो ।

सडक योजनाका अनुसार लगत कट्टा भएको १०/१० मिटर जमिनमध्ये चौडाइ ११ मिटरमा मात्रै सडकको संरचना बन्ने भएको छ । डुम्रे–बेसीसहर सडक ४२ किलोमिटर रहेको छ । यस सडकको लमजुङ खण्ड पाउदीदेखि बेसीसहरसम्म १८ किलोमिटर र तनहुँ डुम्रेदेखि लमजुङको सिमाना पाउदी बजारसम्म २४ किलोमिटर छ ।

लोकदृश्य
+ posts

ताजा खबर

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक नामाकरण

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक नामाकरण

लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको छ ।  मस्र्याङ्दी गाउँपालिका–९...

‘बेंशीसहरबासीलाई चौबिसै घण्टा शुद्ध खानेपानी’

‘बेंशीसहरबासीलाई चौबिसै घण्टा शुद्ध खानेपानी’

लमजुङ । हिउँद लाग्नासाथ पानीको दुःख झेल्दै आएका लमजुङ सदरमुकाम बेसी सहरबासीले अब चौबिसै घण्टा शुद्ध खानेपानी पाउने भएका छन् ।...

राष्ट्रकवि र भूगोलविद्को नाममा विद्यालयको नामकरण

राष्ट्रकवि र भूगोलविद्को नाममा विद्यालयको नामकरण

लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरे र भूगोलविद् डा. हर्क गुरुङको नाममा विद्यालयको नामकरण गर्न मर्स्याङ्दी गाउँपालिकाले सिफारिस गरेको छ । ...

गाउँपालिका विरुद्द वडाअध्यक्षको रिट खारेज

गाउँपालिका विरुद्द वडाअध्यक्षको रिट खारेज

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाको वडा नं. ९ का नौवटा विद्यालय ब्यवस्थापन समिति गठनको विषयमा गाउँपालिका विरुद्द परेको रिट उच्च अदालत...

लमजुङका चार क्याम्पसमा नेविसंघ र एकमा अनेरास्ववियु विजयी

लमजुङका चार क्याम्पसमा नेविसंघ र एकमा अनेरास्ववियु विजयी

लमजुङ । लमजुङका पाँचवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चार वटामा र अखिल...

मनास्लु र अन्नपूर्णलाई जोडेर ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’

मनास्लु र अन्नपूर्णलाई जोडेर ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’

लमजुङ । यातायातको पहुँचले मनास्लु र अन्नपूर्ण पदमार्गको यात्रा छोटिदैं गएको मात्र छैन, धुलो, धुँवा र ध्वनी प्रदूषणले पर्यटकलाई अशान्त...

बेसीसरहमा मापदण्ड विपरीत फार्मेसी सञ्चालन

बेसीसरहमा मापदण्ड विपरीत फार्मेसी सञ्चालन

लमजुङ । सदरमुकाम बेसीसहरमा मापदण्ड विपरीत औषधि पसल (फार्मेसी) सञ्चालनमा रहेको पाइएको छ । जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रमा...

लमजुङमा अनलाइनबाट पहिलोपटक नागरिकता

लमजुङमा अनलाइनबाट पहिलोपटक नागरिकता

लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले पहिलोपटक अनलाइन प्रणालीमार्फत सिफारिस लिएर नागरिकता प्रदान गरेको छ । राइनास नगरपालिका–५ निवासी सुभेक्षा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist