लमजुङमा लक्ष्यभन्दा बढी बालबालिकाले लगाए दादुरा रूवेलाकाे खाेप !




लमजुङ । लमजुङमा ९ हजार भन्दा बढी बालवालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाएका छन् । फागुन १३ गतेबाट सुरु भएको दादुरा रुवेला विरुद्धको खोप अभियान जिल्लाका सवै स्थानीय तहहरुमा सम्पन्न भएको छ । अभियानका क्रममा जिल्लामा पाँच वर्ष मुनिका नौ हजार चार सय २० जना बालवालिकालाई खोप लगाइएको छ । 

स्वास्थ्य कार्यालय लमजुङका अनुसार स्थानीय तहमा निर्धारित लक्ष्य भन्दा बढि बालबालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाएका छन् । जिल्लाका सवै स्थानीय तहमा ६ हजार सातसय ३१ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको थियो । 

कार्यालयका अनुसार १३ गतेबाट खोप अभियान सुरु भएको बेसीशहर नगरपालिकामा दुईहजार आठसय ६ जना बालबालिकाले खोप लगाएका छन् । सुन्दरवजार नगरपालिकामा दुईहजार एकसय २३ जना, मध्यनेपाल नगरपालिकामा एकहजार तीनसय २४ जना र राइनास नगरपालिकामा ८ सय ८२ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । 

गाउँपालिका तर्फ दोर्दी गाउँपालिकामा सातसय ५० जना, मर्स्याङ्दी गाउँपालिकामा सातसय ७८ जना, दुधपोखरी गाउँपालिकामा तीनसय ७४ जना र क्होलासोँथार गाउँपालिकामा तीनसय ७९ बालबालिकाले खोप लगाएका छन् । 

जिल्लामा फागुन १३ गते देखि सुरु भएको अनियान अन्तर्गत पहिलो चरणमा बेसीशहर, सुन्दरवजार, मर्स्याङ्दी, दोर्दी र दुधपोखरी गाउँपालिकामा खोप लगाइएको थियो भने दोस्रो चरणमा राइनास, मध्यनेपाल र क्व्होँलासोँथरमा खोप अभियान सञ्चालन भएको थियो ।   

खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले सन् २०२६ सम्म दादुरा–रूबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरेको हो । दादुरा–रूबेला सवैभन्दा बढी संक्रामक रोग भएको र एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने जोखिम भएकोले यस वर्ष देशभरी नै खोप अभियान सञ्चालन गरीएको मन्त्रालयले जनाएको छ । 

लोकदृश्य
+ posts

ताजा खबर

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने...

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । दोर्दी गाउँपालिका अध्यक्ष...

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ ।...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist