लमजुङमा लक्ष्यभन्दा बढी बालबालिकाले लगाए दादुरा रूवेलाकाे खाेप !




लमजुङ । लमजुङमा ९ हजार भन्दा बढी बालवालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाएका छन् । फागुन १३ गतेबाट सुरु भएको दादुरा रुवेला विरुद्धको खोप अभियान जिल्लाका सवै स्थानीय तहहरुमा सम्पन्न भएको छ । अभियानका क्रममा जिल्लामा पाँच वर्ष मुनिका नौ हजार चार सय २० जना बालवालिकालाई खोप लगाइएको छ । 

स्वास्थ्य कार्यालय लमजुङका अनुसार स्थानीय तहमा निर्धारित लक्ष्य भन्दा बढि बालबालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाएका छन् । जिल्लाका सवै स्थानीय तहमा ६ हजार सातसय ३१ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको थियो । 

कार्यालयका अनुसार १३ गतेबाट खोप अभियान सुरु भएको बेसीशहर नगरपालिकामा दुईहजार आठसय ६ जना बालबालिकाले खोप लगाएका छन् । सुन्दरवजार नगरपालिकामा दुईहजार एकसय २३ जना, मध्यनेपाल नगरपालिकामा एकहजार तीनसय २४ जना र राइनास नगरपालिकामा ८ सय ८२ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । 

गाउँपालिका तर्फ दोर्दी गाउँपालिकामा सातसय ५० जना, मर्स्याङ्दी गाउँपालिकामा सातसय ७८ जना, दुधपोखरी गाउँपालिकामा तीनसय ७४ जना र क्होलासोँथार गाउँपालिकामा तीनसय ७९ बालबालिकाले खोप लगाएका छन् । 

जिल्लामा फागुन १३ गते देखि सुरु भएको अनियान अन्तर्गत पहिलो चरणमा बेसीशहर, सुन्दरवजार, मर्स्याङ्दी, दोर्दी र दुधपोखरी गाउँपालिकामा खोप लगाइएको थियो भने दोस्रो चरणमा राइनास, मध्यनेपाल र क्व्होँलासोँथरमा खोप अभियान सञ्चालन भएको थियो ।   

खोप अभियानका क्रममा नियमित छुटेका खोप पनि बालबालिकालाई लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले सन् २०२६ सम्म दादुरा–रूबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गरेको हो । दादुरा–रूबेला सवैभन्दा बढी संक्रामक रोग भएको र एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने जोखिम भएकोले यस वर्ष देशभरी नै खोप अभियान सञ्चालन गरीएको मन्त्रालयले जनाएको छ । 

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist