सामूहिक भोजमा भएको फूड पोइजनका कारण लमजुङमा एकको मृत्यु, १८ जना अस्पताल भर्ना

लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ८ मा सामूहिक भोज खाएका व्यक्तिहरुमा देखिएको फूड पोइजनका कारण एक जनाको मृत्यु भएको छ ।

फुड पोइजनका कारण सुन्दरबजार नगरपालिका वडा नं. ९ बस्ने देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

सामूहिक भोजमा सहभागी भएकाहरु मध्ये १८ जना विरामी परेका छन् । उनीहरू उपचारका लागि सुन्दरबजारस्थित एचडिसिएस नमूना सामूदायिक अस्पताल भर्ना भएका छन् ।

सुन्दरबजार नगरपालिकाको वडा नं. ८ स्थित क्षेत्र बहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा सामूहिक भोजको आयोजना गरिएको थियाे । भोज खाने ३५ जना मध्ये १८ जना फुड पोइजनका कारण अहिले अस्पताल भर्ना भइसकेको एचडिसिएस नमूना सामूदायिक अस्पतालले जनाएको छ ।

शुक्रबार सामूहिक भोज खाएर घर गएका वडा नं. ८ र ९ का व्यक्तिहरु शनिबारदेखि विरामी पर्न थालेका थिए । घरमै साधारण उपचार गर्दा समस्या देखिएपछि उनीहरु शनिबार बेलुका अस्पताल पुगेका थिए । भोजमा सहभागी व्यक्तिहरु आइतबार विहानसम्म अस्पताल आइरहेका छन् ।

अस्पताल आएका विरामीहरुमा ज्वरो र झाडापखलाको समस्या देखिएको छ । भोजमा सहभागीहरुले भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएकाे बताएका छन् ।

लोकदृश्य
+ posts

ताजा खबर

प्रेस चौतारीका अध्यक्ष पाण्डेलाई लमजुङमा सम्मान

प्रेस चौतारीका अध्यक्ष पाण्डेलाई लमजुङमा सम्मान

  लमजुङ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेलाई गृह जिल्ला लमजुङमा स्वागत तथा सम्मान गरिएको छ । प्रेस...

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

  लमजुङ । लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले मंगलबार आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाएका छन् ।...

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग भएको सम्झौता तोडेको...

मध्यनेपालमा रैथाने बाली प्रवद्र्धन गरिने

मध्यनेपालमा रैथाने बाली प्रवद्र्धन गरिने

लमजुङ । कुनै बेला मुख्य बालीमा पर्ने कागुनो खेती अहिले भने लोपोन्मुख अवस्थामा पुुगेको छ । किसानले विस्तारै कागुुनो खेती...

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

लमजुङ । शनिबार लमजुङको गाउँसहर कालिका मन्दिरमा चैते दसैँको पूजा गर्ने र मेला हेर्न आउनेको रौनक थियो । शाहवंशको पुरानो दरबारमा रहेको...

खुला म्याराथनमा बस्नेत च्याम्पियन

खुला म्याराथनमा बस्नेत च्याम्पियन

लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा शनिबार भएको खुला म्याराथन प्रतियोगितामा कुलबहादुर बस्नेत प्रथम हुनुभएको छ। दोलखा निवासी बस्नेत नेपाली...

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

लमजुङ । यहाँको मस्र्याङ्दी गाउँपालिकाका दुई महत्वपूर्ण नाकामा रहेका बजार क्षेत्रलाई सिसीटिभी क्यामेराको निगरानीमा राखिएको छ । वडा नं. ३...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist