लक्ष्मी तामाङको स्वर रहेको मेहेन्दोमाया गीत `ठ्याक्य सोली´को भिडियो सार्वजनिक

लमजुङ । लमजुङकी गायिका लक्ष्मी तामाङको स्वर रहेको तामाङ मौलिक मेहेन्दोमाया गीत `ठ्याक्य सोली´को भिडियो सार्वजनिक भएको छ ।

गायिका तामाङ र म्हेन्दोमाया गायक तथा नायक रोशन फ्युवा तामाङको स्वर रहेको म्हेन्दोमाया गीतमा राजकिङ वाईवा र ज्योति तामाङको अभिनय रहेको  । 

भिडियोलाई कलाकार राजकिङ वाईबाले कोरियोग्राफर गरेका छन् भने गीतको शव्द संगीत स्वयं गायक रोशन फ्युवा तामाङको रहेको छ । गीतको भिडियो लप्साङकर्पो म्युजिक सेन्टरको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको हो । 

तामाङ समुदायमा अत्यन्तै चर्चित म्हेन्दोमाया बोलको गीतको आफ्नै ऐतिहासिक महत्व छ । म्हेन्दोमाया ल्हप्सङकर्पो क्षेत्रका गाँउघरमा चलेको एक भाका हो । लमजुङका तामाङ बस्ती सहित नुवाकोट, धादिङ र रसुवा जिल्लाका प्रायजसो गाउँहरुम म्हेन्दोमाया सुन्न र नाचेको हेर्न पाईन्छ । बसाईसराई सँगै यो भाका अन्य गाउँहरुमा समेत फैलिएको छ । 

लमजुङको मर्स्याङ्दी गापा–७, छिनखोला घर भएकी तामाङ पछिल्लो समय मौलिक गितहरुले बजारमा निकै चर्चा पाउने गरेको छ । विशेषगरी तामाङ समुदायमा गीतमार्फत लोकप्रिय बन्दै गएकी तामाङ पछिल्ला वर्षहरुमा मेला महोत्सवहरुमा व्यस्त हुने गरेकी छन् । 

गायिका तामाङको यसअघि बजारमा आएको चाईना जुत्ता गितले जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ जितेको थियो । स्वदेश गान, आधुनिक गित हुँदै लोक दोहोरी गितबाट सांगीतिक यात्रा शुरु गरेकी गायिका तामाङको मौलिक सस्कृतिमा आधारित म्हेन्दोमाया गित चाईना जुत्ताले सो बाहेक नेपाली आर्ट कल्चर एन्ड म्युजिक अवार्ड २०७८ बाट पनि उत्कृष्ट तामाङ सेलो गायिकाको उपाधी जितेको थियो । गायिका तामाङको सोही गितले निम अवार्ड पनि पाएको थियो । 

करिव आठवर्ष अघिदेखि सांगितिक यात्रा शुरु गरेकी तामाङले पहिलो पटक आफ्नै शव्द रचना र चर्चित संगितकार तिलक बम मल्लको संगितमा हाँसेर खेलेको डाडा मैले गाएर नाचेको पाखा भन्ने स्वदेश गीतमा स्वर दिएकी हुन ।

तामाङले सांगीतिक यात्राको क्रममा ‘तिमिलाई माया गर्ने हरु’,  ‘शंका तिम्रो कति कति’ जस्ता आधुनिक गीत बजारमा ल्याएकी थिईन भने दर्जनौ लोक तथा दोहोरी गितहरुमा स्वर दिएकी छन् । 

सांगीतिक यात्राकै क्रममा आफ्नै मौलिकता लाई अगाडि बढाउँ भन्ने सोच राखी गायिका तामाङले तामाङ सेलो ‘डम्फु’ गीत बजारमा ल्याएकी थिईन । त्यस लगत्तै उनले बजारमा ल्याएको तामाङ संस्कृतिमा आधारित डम्फुको ताक्धुमले पनि औद्योगिक शान्ती नेपाल म्युजिक अवार्ड अन्ततर्गत सर्वोत्कृष्ट सांस्कृतिक गीत अवार्ड जित्न सफल भएको थियो । सोहि गीतले २०७४ सालमा बक्स अफिस अवार्ड प्राप्त गरेको थियो । 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस:

https://www.youtube.com/watch?v=6dXqFbh3ngc&t=5s 

लोकदृश्य
+ posts

ताजा खबर

प्रेस चौतारीका अध्यक्ष पाण्डेलाई लमजुङमा सम्मान

प्रेस चौतारीका अध्यक्ष पाण्डेलाई लमजुङमा सम्मान

  लमजुङ । प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेलाई गृह जिल्ला लमजुङमा स्वागत तथा सम्मान गरिएको छ । प्रेस...

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

ट्होटें पर्व मनाउन क्व्होलासोथारमा सार्वजनिक विदा

  लमजुङ । लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले मंगलबार आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाएका छन् ।...

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

“पूर्वराजाले संविधान विरोधी गतिविधि गरे कारबाही गछौं” : सञ्चारमन्त्री गुरुङ

लमजुङ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुसँग भएको सम्झौता तोडेको...

मध्यनेपालमा रैथाने बाली प्रवद्र्धन गरिने

मध्यनेपालमा रैथाने बाली प्रवद्र्धन गरिने

लमजुङ । कुनै बेला मुख्य बालीमा पर्ने कागुनो खेती अहिले भने लोपोन्मुख अवस्थामा पुुगेको छ । किसानले विस्तारै कागुुनो खेती...

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

गाउँसहर कालिका मन्दिरमा जनताका नाउँमा भयो पूजा

लमजुङ । शनिबार लमजुङको गाउँसहर कालिका मन्दिरमा चैते दसैँको पूजा गर्ने र मेला हेर्न आउनेको रौनक थियो । शाहवंशको पुरानो दरबारमा रहेको...

खुला म्याराथनमा बस्नेत च्याम्पियन

खुला म्याराथनमा बस्नेत च्याम्पियन

लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा शनिबार भएको खुला म्याराथन प्रतियोगितामा कुलबहादुर बस्नेत प्रथम हुनुभएको छ। दोलखा निवासी बस्नेत नेपाली...

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

खुदी र जगतबजार सिसीटिभी निगरानीमा

लमजुङ । यहाँको मस्र्याङ्दी गाउँपालिकाका दुई महत्वपूर्ण नाकामा रहेका बजार क्षेत्रलाई सिसीटिभी क्यामेराको निगरानीमा राखिएको छ । वडा नं. ३...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist