लमजुङ । बेसीशहर नगरपालिकाले लमजुङ कारागारका कैदीबन्दीलाई दशैं मनाउन २ वटा खसी सहयोग गरेको छ । नगरपालिकाले ४० हजार रुपैयाँ मुल्यका २ वटा खसी सहयोग गरेको हो ।
नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारगारमा पुगेर जेलर कमलापति अधिकारी, कैदीबन्दी नाइकेलाई खसी हस्तान्तरण गरेका हुन् । नगर प्रमुख अर्यालले कारागारमा कैदी जीवन विताइ रहेकाहरु परिवारबाट टाढा रहने भएकोले उनीहरुलाई थोरै भएपनि चाडपर्वमा खुसी दिनका लागि नगरपालिकाले सहयोग गरेको बताए ।
कारागारका जेलर अधिकारीले दशैंमा कैदीबन्दीका लागि सरकारबाट थोरै मात्र सहयोग आउने भएकोले बेसीशहर नगरपालिकाको सहयोगले चाडपर्वमा कैदीबन्दीलाई खुसी थपेको बताए ।
खसी सहयोग हस्तान्तरण कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी, नगरप्रमुखका स्वकीय सचिव कुमार अर्याल लगायतको उपस्थिति थियो ।
बेसीशहर नगरपालिकाले कैदीबन्दीलाई हरेक वर्षको दशैंमा सहयोग गर्दै आएको छ । लमजुङ कारागारमा ७ जना महिलासहित ८८ जना कैदीबन्दी छन् ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















