दोर्दी गाँउपालिकाले विभिन्न खोलाहरुमा ५० हजार माछाको भुरा छाेड्याे

लमजुङ । लमजुङको दोर्दी गाँउपालिकाले विभिन्न खोलाहरुमा ५० हजार माछाको भुरा छोडेको छ । गाँउपालिकाले दोर्दी कोरिडोरमा संचालित हाइड्रोपावर कम्पनीहरुको आर्थिक सहयोग दोर्दी खोला, छ्याङ्दी खोला, किसेदी खोला, प्यार्दी खोलामा माछाको भुरा छोडेको हो ।

दोर्दी गाँउपालिकाका पशु सेवा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पालिका भित्रका खोलामा गाँउपालिका अध्यक्ष युवराज अधिकारीले असला, रौ र नैनी प्रजातिका माछाको भुरा छाेडेका हुन । अहिले खोलामा माछाका संख्या निकै कम भएको र स्थानीय माछाको संरक्षण र विकासका लागि उक्त कार्यक्रम गरिएको गाँउपालिका अध्यक्ष अधिकारीले वताए ।

खोलामा बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगाएतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षणका लागि उक्त कार्यक्रम गरेको गाँउपालिका अध्यक्ष अधिकारीकाे भनाई छ । उनले खोलाको संरक्षण गर्ने सबै गाँउबासीको दायित्व भएकाले यस अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गर्दै खोलामा करेण्ट तथा विभिन्न प्रकारका विष नहाल्न पनि पालिकाबासीलाई अनुराेध गरे ।

गाँउपालिकाले जलिय जैबिक बिविधता संरक्षण तथा समुदायको जीविकोपार्जनमा सहजता ल्याउन माछाका भुराहरु खोलामा छोडेको गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत हेमराज काफ्लेले बताए ।

दोर्दी गाँउपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा भएकाे माछाका भुरा छोड्ने कार्यक्रममा सामाजिक बिकास संयोजक अम्बिका मरहट्टा, विभिन्न शाखा प्रमुखहरु, दोर्दी कोरिडोर भित्र संचालित हाइड्रोपावर कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist