नाइँचेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय खुसी

लमजुङ । मर्स्याङ्दी गाउँपालिका ६, बाहुनडाँडा नाइँचेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय खुसी भएका छन् ।

साविकको बाहुनडाँडा गाविसलाई पायक पर्ने गरी बाहुनडाँडामा स्वास्थ्य चौकी स्थापना गरिएको थियो । उक्त ठाउँ पुग्न पनि समय लाग्ने भएपछि नाइँचेबासीले सामुदायिक स्वास्थ्य इकाईको माग गरेका थिए । गाउँमै स्वास्थ्य संस्था स्थापना भएपछि गाउँले खुसी भएका छन् ।

नागरिकलाई गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले नाइँचेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको हो । स्वास्थ्य इकाईको बुधबार एक कार्यक्रमबीच उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले नागरिकलाई नागरिककै घरदैलोमा आधारभूत सेवा दिन गाउँपालिका लागि परेको बताए।

आधारभूत स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत अधिकार र आवश्यकता भएकाले स्वास्थ्य जस्तो संवेदनशील सेवालाई नागरिकको घरदैलोमै पुर्याउने हरदम प्रयास गरिएको उनले बताए।

मर्स्याङ्दी गाउँपालिका ६ का वडा अध्यक्ष मीनराशी गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानी, सामाजिक विकास समिति संयोजक एवं वडा, वडा नं. ७ का वडा अध्यक्ष तिलबहादुर गुरुङ, स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन बाहुनडाँडा स्वास्थ्य चौकी प्रमुख रमनाथ घिमिरेले  गरेका थिए ।

नाइँचे सामुदायिक स्वास्थ्य इकाईमा १ एक जना अहेव, १ जना अनमी र १ जना कार्यालय सहयोगी राखिएका छन् । स्वास्थ्य इकाईबाट हाल प्राथमिक स्वास्थ्य उपचार सेवा, खोप सेवा, परिवार नियोजन, गर्भवती जाँच र आधारभूत स्वास्थ्य सेवा प्रवाह गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुलवहादुर घलले जानकारी दिए ।

मर्स्याङ्दी गाउँपालिकामा हाल १० बेडको अस्पताल निर्माणाधीन अवस्थामा छ । गाउँपालिकाभरी ७ वटा स्वास्थ्य चौकी, २ वटा आधारभूत स्वास्थ्य केन्द्र र नाइँचेमा सहित ५ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा रहेका छन् । 

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist