नाइँचेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय खुसी

लमजुङ । मर्स्याङ्दी गाउँपालिका ६, बाहुनडाँडा नाइँचेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय खुसी भएका छन् ।

साविकको बाहुनडाँडा गाविसलाई पायक पर्ने गरी बाहुनडाँडामा स्वास्थ्य चौकी स्थापना गरिएको थियो । उक्त ठाउँ पुग्न पनि समय लाग्ने भएपछि नाइँचेबासीले सामुदायिक स्वास्थ्य इकाईको माग गरेका थिए । गाउँमै स्वास्थ्य संस्था स्थापना भएपछि गाउँले खुसी भएका छन् ।

नागरिकलाई गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले नाइँचेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको हो । स्वास्थ्य इकाईको बुधबार एक कार्यक्रमबीच उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले नागरिकलाई नागरिककै घरदैलोमा आधारभूत सेवा दिन गाउँपालिका लागि परेको बताए।

आधारभूत स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत अधिकार र आवश्यकता भएकाले स्वास्थ्य जस्तो संवेदनशील सेवालाई नागरिकको घरदैलोमै पुर्याउने हरदम प्रयास गरिएको उनले बताए।

मर्स्याङ्दी गाउँपालिका ६ का वडा अध्यक्ष मीनराशी गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानी, सामाजिक विकास समिति संयोजक एवं वडा, वडा नं. ७ का वडा अध्यक्ष तिलबहादुर गुरुङ, स्वास्थ्य शाखा प्रमुख लुलबहादुर घलेलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन बाहुनडाँडा स्वास्थ्य चौकी प्रमुख रमनाथ घिमिरेले  गरेका थिए ।

नाइँचे सामुदायिक स्वास्थ्य इकाईमा १ एक जना अहेव, १ जना अनमी र १ जना कार्यालय सहयोगी राखिएका छन् । स्वास्थ्य इकाईबाट हाल प्राथमिक स्वास्थ्य उपचार सेवा, खोप सेवा, परिवार नियोजन, गर्भवती जाँच र आधारभूत स्वास्थ्य सेवा प्रवाह गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लुलवहादुर घलले जानकारी दिए ।

मर्स्याङ्दी गाउँपालिकामा हाल १० बेडको अस्पताल निर्माणाधीन अवस्थामा छ । गाउँपालिकाभरी ७ वटा स्वास्थ्य चौकी, २ वटा आधारभूत स्वास्थ्य केन्द्र र नाइँचेमा सहित ५ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा रहेका छन् । 

लोकदृश्य
+ posts

ताजा खबर

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको...

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–४ तिलाहारस्थित एलिजा घाटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुधबार बिहान भएको दुर्घटनामा...

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा...

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने...

राइनासको आफ्नै भवनबाट प्रशासकीय काम

राइनासको आफ्नै भवनबाट प्रशासकीय काम

लमजुङ । लमजुङको राइनास नगरपालिकाले आफ्नै भवनबाट प्रशासकीय काम थालेको छ । नगरपालिका स्थापना भएको ९ वर्षपछि राइनासले आफ्नै भवनबाट...

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । दोर्दी गाउँपालिका अध्यक्ष...

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ ।...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist