लमजुङ । मर्स्याङ्दी गाउँपालिकाभित्र संचालित अधिकांश पसल नियमविपरीत सञ्चालन भएको पाइएको छ ।
जिल्ला अनुगमन टोलिले विहिबार गरेको अनुगमनमा नियम विपरीत सञ्चालन भएको पाइएको हो । पालिकाको बजार क्षेत्रमा गरेको अनुगमनको क्रममा अधिकांश पसलहरुमा म्याद गुज्रेका सामाग्रीहरु समेत भेटिएको थियो।
अनुगमन टोलीले गाउँपालिकाको ङादी, भुलभुले र खुदी बजार क्षेत्रका पसलहरुमा अनुगमन गरेको थियो । जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको संयोजकत्वमा गरिएको बजार अनुमगनमा पसलै पिच्छे छ्यापछ्याप्ती म्याद गुज्रिएको सामाग्री भेटिएको हो । उक्त क्षेत्रको २५ वटा पसलमा अनुगमन गर्दा एक दुई वटा पसलहरु बाहेक सवै पसलमा म्याद गुज्रेको सामाग्री भेटिएको पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताईन ।
म्याद गुज्रिएको सामाग्री खुलेआम रुपमा विक्रि वितरण गर्दै आएको पाइएकाले अनुगमन टोली प्रत्येक पसललाई दुई हजार देखि ५ हजार रुपैयाँ सम्म जरिवाना गरेको उनले बताईन ।
पसलैपिच्छे म्याद गुज्रेका अखाद्य बस्तु भेटिएपछि सम्वन्धित व्यवसायीकै रोवहरमा नष्ट गरिएको र जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले बताए ।
मर्स्याङ्दीमा नियमविपरित पसल सञ्चालन पसलका सञ्चालकलाई कारबाही गर्दा जरिवानाबाट ३२ हजार रुपैयाँ राजस्व समेत संकलन गरिएको छ ।
उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी सुयलसहित पर्यटन तथा साना उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापा, मर्स्याङ्दी गाउँपालिकाका प्रशासकीय अधिकृत अर्जुन चपाई, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारीलगायतको उपस्थिति थियो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















