पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि बिहीबार पोखरामा भएको निर्वाचनमा ८ सय ८७ मत खसेको छ । अधिवेशन प्रतिनिधिको रुपमा गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९ सय ६ जना प्रतिनिधि चयन भएकोमा मतदानमा ८ सय ९६ जनाले भाग लिएका हुन् । यसरी चयन भएका १० जना प्रतिनिधि मतदानमा अनुपस्थित भए ।
तोकिएका उम्मेदवारलाई मत राख्नको लागि झण्डै १५ मिनेट समय लाग्ने अनुमान गरिएपनि कुनै मतदाताले एक घण्टा १५ मिनेट सम्म समय लगाएको पाईएकाे थियाे । यस्तै कारणले निर्धारित समयमा मतदान कार्य सम्पन्न हुन नसकेको हो । निर्वाचन तालिकामा कार्यालयले साँझ साढे ५ बजे सम्मको समय मतदानको लागि निर्धारण गरेको थियो । तर, उक्त समयभन्दा झण्डै ४ घण्टा पछि बल्ल मतदान सम्पन्न भएको हो ।
अधिवेशनमा म्याग्दीका नवराज शर्मा र लमजुङका मायानाथ अधिकारीबिच नेतृत्वको लागि प्रतिष्पर्धा छ । उपाध्यक्षमा नवलपुरका बाबुराम विक र स्याङजाका मिनप्रसाद गुरुङ, सचिवमा कास्कीका रश्मि आचार्य र लमजुङका धनञ्जय दवाडी, उपसचिवमा म्याग्दीका सन्तोष रावल र दाम बहादुर विक, उपसचिव महिलामा कास्कीकी मिना गुरुङ र मञ्जु अधिकारी प्यासी प्रतिष्पर्धामा छन् ।
कुल १ सय ६२ पद मध्ये केही पदमा निर्बिरोध निर्वाचित भएपनि अधिकांश पदको लागि निर्वाचन भएको हो । विद्युतिय भोटिङ मार्फत मतदान भएकोले गणना सुरु भएको एक घण्टामा सबै नतिजा आइपुग्ने निर्वाचन कार्यालयको दावी छ । मतदानमा कुल ३३ वटा विद्युतिय भोटिङ मेसिनको प्रयोग गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















