लमजुङ अस्पतालका डाक्टरलाई मुक्का हान्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा



लमजुङ । लमजुङको वेसीशहर नगरपालिका- ७ का वडाध्यक्ष ऋषि बस्नेतले लमजुङ जिल्ला अस्पतालका डा. सन्दीप अधिकारीलाई हातपात गरेका छन् ।

वडाध्यक्ष बस्नेतले गएराति अस्पतालमै डा. अधिकारीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए ।

डाक्टरसँगको विवादपछि वडाध्यक्षले मुक्का प्रहार गरेको चपाईंले बताए । ‘वडाध्यक्षज्यूले आमालाई उपचारका लागि अस्पताल लैजानुभएको रहेछ, उपचारका क्रममा विवाद हुँदा उहाँले डाक्टरलाई मोबाइलले प्रहार गर्नुभएको रहेछ, मापसे पनि गर्नुभएको रहेछ, मुक्का पनि प्रहार भएको भनेर डाक्टरहरुले भन्नुभएको छ,’ उनले भने ।

घटना मिलाउन बिहानैदेखि छलफल भएको थियो । तर, मिल्न नसकेपछि डाक्टरहरुले उजुरी दर्ता गराएका लमजुङ प्रहरीका सूचना अधिकारी चपाईंले बताए ।

आमाको उपचारका लागि अस्पताल पुगेका वडाअध्यक्ष बस्नेतलाई बिरामी भर्नाका लागि मञ्जुरी नामा गर्न सुझाव दिँदा, उनले मञ्जुरीनामा गर्न इन्कार गरेका थिए । सोही क्रममा यसै विषयमा विवाद हुुँदा ड्युटीमा खटिएका डाक्टरमाथि वडाअध्यक्ष बस्नेतद्वारा हातपात भएको लमजुङ अस्पतालका मेसु (मेडिकल सुपरिटेडेन्ट) डाक्टर विशाल तिवारीले बताए ।

मेसु तिवारीका अनुसार अस्पतालमा बिरामी भर्ना गर्दा आफन्त वा बिरामीले मञ्जुरी नामा गर्नुपर्ने प्रावधान छ ।तिवारीका अनुसार पीडित डा. सन्दिप अधिकारीसहित अन्य ९ जना समेतले प्रहरीमा जाहेरी दिएका छन् ।

प्रहरीले वडाअध्यक्ष बस्नेतलाई नियन्त्रणमा लिएकाे छ । डा. माथि हातपात गरेको आरोपमा प्रहरीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन’ विरुद्धको कसुरमा अनुसन्धान थालेको छ । बस्नेतविरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist