प्याव्सन लमजुङको नाटक प्रतियोगिता : युनिभर्सल एकेडेमी प्रथम



लमजङ । नीजि तथा आवसिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) लमजुङको आयाेजनामा भएकाे माध्यामिक तह स्तरीय नाटक प्रतियाेगिता बेसीसहर-७ काे युनिभर्सल एकेडेमी मावि प्रथम भएकाे छ ।

शुक्रबार सदरमुकाम बेसीसहरमा भएकाे प्रतियोगितामा सहभागी १३ विद्यालयलाई पछि पार्दै युनिभर्सल एकेडेमीकाे नाटक प्रथम भएकाे हाे । साे नाटकले बृद्वाआश्रम पुगेका बृद्वबृद्वाकाे कथा उनेकाे थियाे ।

प्रतियोगितामा बेसीसहर-८ काे न्यु ईरा बाेर्डिङ स्कुल द्वितीय र बेसीसहर-८ कै ल्याण्डस्टार आवसिय मावि तृतीय हुन सफल भए ।

प्यावसन लमजुङका अध्यक्ष मेन घलेकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि प्यावसनका केन्द्रीय सदस्य तारानाथ घिमिरेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य नवीनराज कुईकेल र निर्णायक मण्डलका संयाेजक केदारनाथ पाैडेलले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्याव्सनका काेषाध्यक्ष विनाेद गुरूङले स्वागत र सचिव विमल अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा थ्रियटर प्रविधिको प्रकाश तथा ध्वनि ब्वस्थापन मञ्जरी नाट्य समूहले गरेकाे थियाे ।

लोकदृश्य
+ posts

ताजा खबर

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ ।...

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना

  लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ सिम्पानी खुदीपुल नजिक ‘साम्बा’ चोक स्थापना गरिएको छ । मस्र्याङ्दी...

लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

  लमजुङ । लमजुङका आठवटा स्थानीय तहमा मस्र्याङ्दी गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०÷०८१ को हिसावको...

लमजुङमा एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान

लमजुङमा एमालेबाट निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान

लमजुङ । नेकपा एमाले लमजुङले स्थानीय निर्वाचनमा निर्वाचित पूर्व जनप्रतिनिधि तथा उम्मेदवारहरुलाई सम्मान गरेको छ । ३२ औं मदन आश्रित...

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

लमजुङ । जलविद्युतको क्षेत्रमा लमजुङका प्रमुख राजनीतिक दल र सरोकारवालाहरुले १५ बर्ष अघि गरेको एउटा प्रतिवद्धता पुरा हुन नसकेको पाइएको...

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

  लमजुङ । लमजुङको सिङ्दी र सिउरुङ होमस्टेका आमाहरुलाई विभिन्न परिकारका खानेकुरा बनाउने तालिम दिइएको छ । होमस्टेमा आउने पाहुनालाई...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist