डाक्टर कुटेकाे आरोपमा पक्राउ परेका वडाअध्यक्ष बस्नेतकाे रिहाई गर्न युवासंघकाे माग

लमजुङ । लमजुङ अस्पतालका चिकित्सकमाथी हातपात गरेकाे आरोपमा प्रहरी नियन्त्रणमा रहेका बेंसीशहर नगरपालिका ७ का वडाअध्यक्ष ऋषिराम बस्नेतको रिहाइ गर्न राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति लमजुङले माग गरेको छ ।

राष्ट्रिय युवा संघ लमजुङका अध्यक्ष योगबहादुर गुरुङ नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै वडाअध्यक्ष बस्नेतको रिहाईको माग गरेको हो । ज्ञापनपत्रमा घटनाको प्रत्यक्षदर्शी, सिसिटिभि फुटेज लगायतका उपकरणको आधारमा छानबिन गरी वडाअध्यक्ष बस्नेतलाई रिहाईको माग गरेको उल्लेख छ ।

गत असोज ७ गते राती वडाअध्यक्ष बस्नेत आफ्नो आमाको उपचारका लागि अस्पताल पुगेका थिए । आमालाई डेंगु देखा परेकाे र भर्ना गर्ने क्रममा मन्ञ्जुरीनामामा हस्ताक्षर गर्ने विषयमा अस्पतालका डाक्टर सन्दिप अधिकारी र वडाअध्यक्ष बस्नेतबीच सामान्य विवाद भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

मञ्जुरीनामा पत्रमा गरिने हस्ताक्षरको व्यहोरामा शल्यक्रिया नगर्नु पर्ने विषयमा शल्यक्रिया गर्नुपर्ने र जिम्मा आफन्तले लिनुपर्ने उल्लेख भएको र हस्ताक्षर गर्न नमान्दा सामान्य विवाद भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

अस्पतालका डाक्टर अधिकारी र वडा अध्यक्ष बस्नेतबीच भएको सामान्य परिस्थितिलाई अतिरञ्जित गरेर अस्पतालको कर्मचारीले नियोजित हिसाबले एकतर्फी चरित्रहत्या गर्ने कुरा गैर जिम्मेवारपूर्ण रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

अस्पताल भित्र भएको यथार्थ घटनाको सत्यतथ्य छानबिन गरी वास्तविकता बाहिर ल्याउन आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रिय युवा संघ लमजुङले ज्ञापनपत्रको बोधार्थ लमजुङ अस्पताललाई पनि दिएको छ । ज्ञापनपत्र बुझाउन युवाहरु नवीनकुमार श्रेष्ठ, गोविन्द बस्नेत, प्रदिपराज गुरुङ, प्रदिप घिमिरेलगायतको टोली पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारीले मुद्दा अदालतमा पुगिसकेकाले यसको पर्खाइमा रहनुपर्ने र सवै मिलेर घटनालाई साम्य पार्ने हिसावले अघि बढ्नुपर्नेमा जोड दिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist