मुलुकी अपराध संहिता २०७४ काे परिच्छेद-१७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरकाे दफा २१३ मा भनिएकाे छ,:- कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा सात वर्षदेखि दश वर्षसम्म कैद र सत्तरी हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना र त्यस बाहेक अन्य उद्देश्यले गरे वा गराएको भए तीन वर्षदेखि पाँच वर्षसम्म कैद र तीस हजारदेखि पचास हजार रुपैयाँँ सम्म जरिबाना हुनेछ ।
कानुनमा यस्ताे ब्यवस्था भएपनि जिल्ला प्रशासन कार्यालय लमजुङले भने शरीर बन्धक तथा ज्यान मार्ने उद्याेगमा दर्ता भएकाे मुद्दामा कानुनी प्रकृयाकाे साटाे मिलापत्र गरेकाे छ ।
घटना हाे, सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहितका पदाधिकारी र जनप्रतिनिधिले साउन ३० गते रिपोर्टिङमा पुगेका बागमती टेलिभिजनका पत्रकारलाई ४ घण्टा बन्धक बनाई डर, त्रास, धम्की र यातना दिएकाे विषय ।
घटना-१
१. साउन ३० गते एक सुचनाकाे आधारमा बागमती टेलिभिजनका पत्रकार गाैरब अधिकारी, सुमन निराैला र बालकृष्ण शर्मा सुन्दरबजार नपा-९ स्थित सिर्जनात्मक साकाेसमा पुग्छन् । साकाेसका अध्यक्ष रामजी कंडेल बेसीसहरबाट साे स्थानमा पुगेपछि कुराकानीका लागि नजिकैकाे शुस्मा हाेटलमा लैजान्छन् ।
२. सहकारीका अध्यक्ष कंडेल, उपाध्यक्ष विष्णु श्रेष्ठ, सचिव मेन घले, सहसचिव सिर्जना बराल अधिकारी, ब्यबस्थापक ईन्द्रविलास सापकाेटालगायत हाेटलमा पुग्छन् ।
३. हाेटलमा पुगेपछि परिचयात्मक कार्यक्रम हुन्छ । पत्रकारले टेलिभिजन, नामथर, घरठेगाना बताएपनि परिचयपत्र देखाउँदैनन् ।
४. परिचयपछि कसले बाेलाएर आएकाे ? स्थानीय शिक्षक थकित अधिकारीले बाेलाएर आएकाे हाेईन ? तिमिहरूकाे क्यामरा स्यामरा फुटाईदिन्छाैं भन्दै आमाचाकरी शब्दले गाली गर्न थाल्छन् । उपाध्यक्ष श्रेष्ठ र सहसचिव अधिकारीले भिडियाे खिच्दै गाली गर्न थाल्छन् । यति सम्म कि हामी काँग्रेस, एमाले, माओवादीका मान्छे छाैं कसले के गर्न सक्छ भन्छन । रूकुम घर भएका एक पत्रकारलाई तँ रूकुमकाे माओवादी हाेस ?, म तरूण दलकाे नेता हाे त्यतै आएर भेटाैंला समेत भनिन्छ ।
५. रेशमलाल श्रेष्ठकाे हाेटलमा सुनपा-८ का अध्यक्ष विजेन्द्र थापा र वडा नं. ९ का अध्यक्ष मनराज गुरूङसमेतलाई बाेलाईन्छ । मादकपदार्थले मातेका वडाअध्यक्ष थापाले पत्रकारलाई चर्पीमा थुनेर कुटपिट गर्ने धम्कीसमेत दिन्छन् । अर्का वडाअध्यक्ष गुरूङले जिल्लाकाे सभासद चिन्छस् ? पत्रकार चिन्छस् ? कसकाे अनुमतिले आईस ? भनेर थर्काउँछन् ।
६. सबै मिलेर हाेटलकाे च्यानलगेट लगाएर हायल कायल बनाएकाे ४ घण्टा वित्छ । बन्धक बनेका पत्रकारले आफ्ना सिईयाे मनाेज न्याैपानेलाई म्यासेज गरेपछि उनले प्रहरीलाई खवर गर्छन् । जिल्ला र भाेटेओडारकाे प्रहरी टाेलीले राती १०:३० बजे पत्रकारलाई उद्दार गर्छन् ।
घटना-२
साउन ३१ गते बमगमती टेलिभिजनका कार्यकारी निर्देशक चेतनराज पाण्डेले जिल्ला प्रशासन कार्यालय लमजुङमा पत्रकारद्वय गाैरब अधिकारी र सुमन निराैलालाई ४ घण्टा बन्धक बनाई सञ्चार सामाम्री ताेडफाेड, ज्यान मार्ने धम्की दिएकाे विषयमा उजुरी दर्ता गर्छन् ।

१. उक्त उजुरी उपर कारबाहीकाे लागि प्रशासनले प्रहरी कार्यालयमा पत्राचार गर्छ ।
२. प्रहरीले घटनाकाे वादी/प्रतिवादीसहित सराेकारवालालाई दिउसाे ३ बजे जिल्ला प्रशासन कार्यालयमा बाेलाईन्छ ।
३. साँढे ३ बजे प्रशसनमा छलफल सुरू हुन्छ । प्रजिअ रामकृष्ण अधिकारीले सबै नियम आचारसंहितामा बाँधि पालैपालाे आफ्नाे कुरा राख्न दिईन्छ । घटनाकाे सराेकार निकाय भएपनि प्रहरीले आफ्नाे विचार राख्दैन् । तीनवटै सुरक्षा निकायका प्रमुख बैठकमा भएपनि चुईक्क पनि बाेल्दैनन ।
४. सहकारीका अध्यक्ष कंडेल लगायतले आफुहरूले कुनै अमर्यादित कृयाकलाप र डरधम्की नदिएकाे दावी गर्छन् । च्यानलगेट लगाएपनि चापी नलगाएकाे बताउँछन् । क्यामरा बन्द गर् भनेपनि नफाेडेकाे बताउँछन् । उपाध्यक्ष श्रेष्ठले अध्यक्षले हिर्काउनुहुन्छ कि भनेर छेकेकाे बताउँछिन । सचिव मेन घलेले अध्यक्ष लगायतबाट केही ठुलाे श्वर भएकाे स्वीकार्छन ।
५. पीडित पत्रकारले उपाध्यक्ष र सहसचिवले खिचेकाे भिडियाे देखाउन लगाउन माग गर्छन् । भिडियाे डिलिट गरे आफुले रिकभर गरिदिने बताएपछि सिडियाेले त्याे प्रशङ्गलाई बटार्छन् । भिडियाे खाेलियाे भने त्याहाँ बाेलिएका र गरिएका सबै कृयाकलाप उदाङ्गाे हुने भएपछि खै माेवाईल ल्याउनुस हेराैं भन्न सक्दैनन् ।
६. घटना बढी तन्काउँदा वडाअध्यक्षसहित सहकारीका पदाधिकारी तानिने भएपछि प्रजिअ जसरी पनि मिलापत्र गराउन उद्दत हुन्छन् । सहकारीका अध्यक्ष कंडेलले माफी माग्न चाहँदैनन, सचिव घलेलाई बाेल्न लगाउँछन् ।
७. पीडित पत्रकारले कि अध्यक्षले क्यामरामा कि सहकारीको लेटरप्याडमा लिखित माफि माग्नुपर्ने अडान राख्छन् । अन्तत: जनप्रतिनिधिलाई उन्मुक्ति दिएर सहकारी र पीडित दुबैलाई माफी गराएर मिलापत्र गराईन्छ ।

याे घटनाले पत्रकारकाे मात्र हैन, आम नागरिककाे सरक्षामा चुनाैती थपिएकाे छ । जाे काेहि ले पनि कसैलाई बन्धक बनाए, डरधम्की र कुटपिट गरेपनि प्रशासनमा पुगेपछि मिलापत्र भैहाल्छ नि भन्ने नजिर बसाएकाे छ ।
पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य किसान संगित नेपाली भन्छन,- याे घटनाले पत्रकारले रिपोर्टिङमा निस्किनुअघि धेरैपटक सुरक्षा चुनाैतीबारे साेच्नुपर्ने अबस्था आएकाे बताए ।
यस्ता घटनाले पत्रकारितामा स्वतन्त्रता भन्दा सेल्फ सेन्सरसिपकाे अबस्था सृजना गर्ने पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारी बताउँछन् ।
नेपाल पत्रकार महासंघका महासचिव राेशन पुरीले प्रेस विज्ञप्ति प्रकाशित गरि घटनाकाे भर्त्सना तथा दाेषीउपर कारबाहीकाे माग गरेका छन् ।

लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link















