संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदाको विरोध गर्दै लमजुङका शिक्षकहरू आन्दोलित

लमजुङ । संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदाको विरोध गर्दै लमजुङका शिक्षकहरू आन्दोलित भएका छन् ।

नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक परिषद, अखिल नेपाल शिक्षक संगठन लगायतका विभिन्न दल निकट शिक्षकका संघ संगठनहरूले सयुक्त रुपमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना तथा आन्दोलन कार्यक्रम गरिरहेका छन्। 

शिक्षकहरूको आधिकारिक ट्रेड युनियन नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको घोषित विरोध कार्यक्रम अनुसार मंगलबार शिक्षा समन्वय समिति लमजुङमा धर्ना र ज्ञापनपत्र दिएका छन् ।

नेपाल शिक्षक संघ लमजुङको अध्यक्ष तिर्थराज न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन बेसीशहर नगर कमिटि अध्यक्ष बसन्त अधिकारी, नेपाल शिक्षक संघ बेसीशहर पालिका अध्यक्ष एकदेव घिमिरे, एकिकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन बेसीशहर नगर कमिटि अध्यक्ष गमबहादुर दनाईले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

आन्दाेलित शिक्षकहरूले आईतबार लमजुङका ८ वटै स्थानीय पालिकाको कार्यालयमा बिहान ११ देखि दिउँसो २ बजेसम्म धर्ना दिनुकाे साथै ज्ञापनपत्र दिएका थिए। 

सरकारले प्रस्तावित संघीय शिक्षा ऐनमा शिक्षा, शिक्षक र विद्यालय कर्मचारी विरोधी प्रावधान राखेकोले देशभरीका शिक्षकहरू आन्दोलित भएको नेपाल शिक्षक महासंघ लमजुङका अध्यक्ष तीर्थराज न्याैपानेले बताए ।

नेपाल शिक्षक संघ गण्डकीका महासचिव शिवराज अधिकारीका अनुसार साउन ३२ गते प्रदेश स्थित सामाजिक विकास मन्त्रालयमा धर्ना दिने कार्यक्रम छ । यसपटक टुक्रे र विभाजित आन्दोलन गर्नुभन्दा एकताबद्ध भएर सशक्त आन्दोलन गरि टुङ्गोमा पुग्ने उनले बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन लमजुङका अध्यक्ष हस्तबहादुर गुरूङले सरकारले प्रस्तावित शिक्षा ऐनमा भएका शिक्षक तथा कर्मचारीको हित विपरीतका व्यवस्थाहरू सुधार नगरे कडा आन्दोलन थालिने चेतावनी दिए। 

विगतमा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीचमा भएको ५१ बुँदे सम्झाैता बमोजिमको शिक्षा ऐन ल्याउन दवाव दिन आन्दाेलन गरिएकाे एकीकृत अखिल नेपाल शिक्षक संगठन लमजुङका अध्यक्ष सीताराम अधिकारीले बताए ।

नेपाल शिक्षक संघ लमजुङका अध्यक्ष सुर्यबहादुर केसीले विद्यालयकाे पढाई प्रभावित नहुनेगरी आन्दोलनका कार्यक्रम गरिएकाे जानकारी दिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist