लोपोन्मुख कागुनो र धान संरक्षण गर्दै घनपोखरा कृषि सहकारी !



लमजुङ । कुनै बेला मुख्य बालीमा पर्ने कागुनो खेती अहिले भने लोपोन्मुख अवस्थामा पुुगेको छ। किसानले विस्तारै कागुुनो खेती लगाउन छोड्नुु र लगाए पनि निकै कम खेती गर्न थालेपछि यो बाली लोप हुने अवस्थामा पुगेको हो।

दश वर्षअघिसम्म लमजुङका विभिन्न स्थानमा पर्याप्त मात्रामा कागुनो खेती हुँदै आएपनि अहिले भने थोरै जग्गामा मात्र लगाउने गरिएकाे छ ।

जिल्लाभर उत्पादन हुने कागुुनो खेती कुनै बेला राम्रो उत्पादन हुने बालीमा पर्थ्याे।

देशभर लाेप हुँदै गएकाे कागुनाे खेतिलाई भने मर्स्याङ्दी गाउँपालिका-२ घनपाेखरामा भने संरक्षण गरिएकाे छ ।

घनपाेखरा कृषि सहकारी संस्था तथा सामुदायिक बीउ बैंक मार्फत स्थानीयले कागुनाे खेतीकाे संरक्षण गरेका हुन् ।

सहकारीले नाै प्रकारका जातकाे कागुनाेकाे संरक्षण खेती गरेकाे छ भने बरियाे जातकाे कागुनाेकाे बीउ उत्पादन गर्दै आएकाे सहकारीका अध्यक्ष भक्तबहादुर गुरूङले जानकारी दिए । उनका अनुसार १०० राेपनी जमिनमा कागुनाे खेति गरिएकाे छ ।

कागुनाे मात्रै हैन, घनपाेखराबाट लाेप हुन लागेका २३ प्रकारका रैथाने धान र देशभरबाट लाेप हुन लागेका ४० जात गरि ६३ जातकाे धानखेति समेत गरिएकाे अध्यक्ष गुरूङले जानकारी दिए ।

२०७३ सालदेखि लिवर्ड नामक गैरसरकारी संस्थाकाे सहयाेगमा रैथाने वालीकाे संरक्षण खेति सुरू गरिएकाे सहकारीका अध्यक्ष गुरूङले बताए । पछिल्लाे समय कृषि ज्ञान केन्द्र लमजुङ र मर्स्याङ्दी गाउँपालिकाले पनि रैथाने वालि संरक्षण र खेतीमा सहयाेग गर्दै आएकाे छ ।

कृषि ज्ञान केन्द्र लमजुङको सहयाेगमा सामुदायिक बीउ बैंक भवन निर्माण भएकाे छ भने यान्त्रिकरणमा पनि सहयाेग मिलेकाे छ । कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडाले रैथाने बालीकाे संरक्षण र प्रवर्द्धनका कार्यक्रम गर्दै आएकाे बताए ।

मर्स्याङ्दी गाउँपालिकाले रैथाने खेतीकाे संरक्षण र प्रवर्द्धन गर्दै आएकाे छ । रैथाने खेति र खानेकुरालाई प्रवर्द्धन गर्न विद्यार्थीलाई दिवा खाजामा समेत रैथाने परिकार खुवाउने ब्यवस्था गरिएकाे, हाेमस्टेहरूमा रैथाने परिकार बनाउने तालिम दिईएकाे गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले बताए ।

असिना तथा खडेरी सहन सक्ने र कम उर्वर भुमिमा पनि खेति हुने कागुनाेलाई अनिकाल जाेगाउने खेति पनि भनिन्छ । यसकाे खाना, खीर, ढिडाे, पिठाे बनाएर राेटीकाे साथै काेदाेसंग मिसाएर रक्सी पनि बनाईन्छ ।

लोकदृश्य
+ posts

ताजा खबर

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक नामाकरण

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक नामाकरण

लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको छ ।  मस्र्याङ्दी गाउँपालिका–९...

‘बेंशीसहरबासीलाई चौबिसै घण्टा शुद्ध खानेपानी’

‘बेंशीसहरबासीलाई चौबिसै घण्टा शुद्ध खानेपानी’

लमजुङ । हिउँद लाग्नासाथ पानीको दुःख झेल्दै आएका लमजुङ सदरमुकाम बेसी सहरबासीले अब चौबिसै घण्टा शुद्ध खानेपानी पाउने भएका छन् ।...

राष्ट्रकवि र भूगोलविद्को नाममा विद्यालयको नामकरण

राष्ट्रकवि र भूगोलविद्को नाममा विद्यालयको नामकरण

लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरे र भूगोलविद् डा. हर्क गुरुङको नाममा विद्यालयको नामकरण गर्न मर्स्याङ्दी गाउँपालिकाले सिफारिस गरेको छ । ...

गाउँपालिका विरुद्द वडाअध्यक्षको रिट खारेज

गाउँपालिका विरुद्द वडाअध्यक्षको रिट खारेज

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाको वडा नं. ९ का नौवटा विद्यालय ब्यवस्थापन समिति गठनको विषयमा गाउँपालिका विरुद्द परेको रिट उच्च अदालत...

लमजुङका चार क्याम्पसमा नेविसंघ र एकमा अनेरास्ववियु विजयी

लमजुङका चार क्याम्पसमा नेविसंघ र एकमा अनेरास्ववियु विजयी

लमजुङ । लमजुङका पाँचवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चार वटामा र अखिल...

काउलेपानीको लालीगुराँसले बोलायो पर्यटक

काउलेपानीको लालीगुराँसले बोलायो पर्यटक

लमजुङ । वरीपरी सेता हिमाल । गाउँ माथिको जंगलमा फुलेका ढकमक लालिगुराँस । लमजुङको काउँलेपानी वरपर देखिने यी सुन्दर दृश्यले...

मनास्लु र अन्नपूर्णलाई जोडेर ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’

मनास्लु र अन्नपूर्णलाई जोडेर ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’

लमजुङ । यातायातको पहुँचले मनास्लु र अन्नपूर्ण पदमार्गको यात्रा छोटिदैं गएको मात्र छैन, धुलो, धुँवा र ध्वनी प्रदूषणले पर्यटकलाई अशान्त...

बेसीसरहमा मापदण्ड विपरीत फार्मेसी सञ्चालन

बेसीसरहमा मापदण्ड विपरीत फार्मेसी सञ्चालन

लमजुङ । सदरमुकाम बेसीसहरमा मापदण्ड विपरीत औषधि पसल (फार्मेसी) सञ्चालनमा रहेको पाइएको छ । जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रमा...

लमजुङमा अनलाइनबाट पहिलोपटक नागरिकता

लमजुङमा अनलाइनबाट पहिलोपटक नागरिकता

लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले पहिलोपटक अनलाइन प्रणालीमार्फत सिफारिस लिएर नागरिकता प्रदान गरेको छ । राइनास नगरपालिका–५ निवासी सुभेक्षा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist