लोपोन्मुख कागुनो र धान संरक्षण गर्दै घनपोखरा कृषि सहकारी !



लमजुङ । कुनै बेला मुख्य बालीमा पर्ने कागुनो खेती अहिले भने लोपोन्मुख अवस्थामा पुुगेको छ। किसानले विस्तारै कागुुनो खेती लगाउन छोड्नुु र लगाए पनि निकै कम खेती गर्न थालेपछि यो बाली लोप हुने अवस्थामा पुगेको हो।

दश वर्षअघिसम्म लमजुङका विभिन्न स्थानमा पर्याप्त मात्रामा कागुनो खेती हुँदै आएपनि अहिले भने थोरै जग्गामा मात्र लगाउने गरिएकाे छ ।

जिल्लाभर उत्पादन हुने कागुुनो खेती कुनै बेला राम्रो उत्पादन हुने बालीमा पर्थ्याे।

देशभर लाेप हुँदै गएकाे कागुनाे खेतिलाई भने मर्स्याङ्दी गाउँपालिका-२ घनपाेखरामा भने संरक्षण गरिएकाे छ ।

घनपाेखरा कृषि सहकारी संस्था तथा सामुदायिक बीउ बैंक मार्फत स्थानीयले कागुनाे खेतीकाे संरक्षण गरेका हुन् ।

सहकारीले नाै प्रकारका जातकाे कागुनाेकाे संरक्षण खेती गरेकाे छ भने बरियाे जातकाे कागुनाेकाे बीउ उत्पादन गर्दै आएकाे सहकारीका अध्यक्ष भक्तबहादुर गुरूङले जानकारी दिए । उनका अनुसार १०० राेपनी जमिनमा कागुनाे खेति गरिएकाे छ ।

कागुनाे मात्रै हैन, घनपाेखराबाट लाेप हुन लागेका २३ प्रकारका रैथाने धान र देशभरबाट लाेप हुन लागेका ४० जात गरि ६३ जातकाे धानखेति समेत गरिएकाे अध्यक्ष गुरूङले जानकारी दिए ।

२०७३ सालदेखि लिवर्ड नामक गैरसरकारी संस्थाकाे सहयाेगमा रैथाने वालीकाे संरक्षण खेति सुरू गरिएकाे सहकारीका अध्यक्ष गुरूङले बताए । पछिल्लाे समय कृषि ज्ञान केन्द्र लमजुङ र मर्स्याङ्दी गाउँपालिकाले पनि रैथाने वालि संरक्षण र खेतीमा सहयाेग गर्दै आएकाे छ ।

कृषि ज्ञान केन्द्र लमजुङको सहयाेगमा सामुदायिक बीउ बैंक भवन निर्माण भएकाे छ भने यान्त्रिकरणमा पनि सहयाेग मिलेकाे छ । कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडाले रैथाने बालीकाे संरक्षण र प्रवर्द्धनका कार्यक्रम गर्दै आएकाे बताए ।

मर्स्याङ्दी गाउँपालिकाले रैथाने खेतीकाे संरक्षण र प्रवर्द्धन गर्दै आएकाे छ । रैथाने खेति र खानेकुरालाई प्रवर्द्धन गर्न विद्यार्थीलाई दिवा खाजामा समेत रैथाने परिकार खुवाउने ब्यवस्था गरिएकाे, हाेमस्टेहरूमा रैथाने परिकार बनाउने तालिम दिईएकाे गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले बताए ।

असिना तथा खडेरी सहन सक्ने र कम उर्वर भुमिमा पनि खेति हुने कागुनाेलाई अनिकाल जाेगाउने खेति पनि भनिन्छ । यसकाे खाना, खीर, ढिडाे, पिठाे बनाएर राेटीकाे साथै काेदाेसंग मिसाएर रक्सी पनि बनाईन्छ ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist