सदस्यता शुद्धिकरण सिफारिश प्रति असन्तुष्टि जनाउदै प्रेस चौतारीलमजुङद्वारा पत्रकार महासंघ लमजुङ शाखामा तालाबन्दी

लमजुङ । प्रेस चौतारी लमजुङले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको कार्यालयमा बिहिबार तालाबन्दी गरेको छ । सदस्यता शुद्धिकरणका नाममा नेपाल पत्रकार महासंघको गण्डकी प्रदेश समितिले गरेको मनोमानी ढंगको सिफारिश प्रति असन्तुष्टि जनाउदै प्रेस चौतारी लमजुङले नेपाल पत्रकार महासंघ लमजुङ शाखाको कार्यालयमा बिहिबार तालाबन्दी गरेको हो ।

नेपाल पत्रकार महासंघ लमजुङले गठन गरेको कार्यदलको सिफारिशको निर्णयलाई जिल्लाबाट पठाइएको सदस्यहरुको नामावली उपर प्रदेश समितिले एकपक्षीय रुपमा, आस्थाका आधारमा प्रेस चौतारी निकट कयौँ सदस्यहरु तथा श्रमजीवी र व्यावसायिक पत्रकारहरुकोको नाम हटाएकोमा विरोध गर्दै प्रेस चौतारीले ज्ञापनपत्र पनि बुझाएको छ ।

प्रेस चौतारीद्वारा जारी बिज्ञप्तिमा प्रदेश समितिको निर्णयमा पत्रकारिता पेशामै क्रियाशील नभई अन्य पेशा व्यवसाय गर्दै आएकाहरुको नाम समावेश भएको हुँदा त्यस्तो कार्यप्रति घोर आपत्ति जनाउँदै उक्त निर्णय तत्काल सच्याउन जोडदार माग गरिएको छ । प्रेस चौतारी लमजुङका उपाध्यक्ष सुरज गुरुङ र सचिव सरोज विश्वकर्माद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ती र ज्ञापनपत्र विहीबार नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारीलाई बुझइाएको छ ।

बिज्ञप्तिमा सक्रिय र व्यावसायिक प्रेस चौतारीमा आबद्ध कतिपय पत्रकारको सदस्यता नरहने गरी नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले साउन १० गते आफ्नो वेवसाइटमा सार्वजनिक गरेको लमजुङ शाखाको सदस्यता नामावली उपर प्रेस चौतारी लमजुङको गम्भीर ध्यानाकर्षण हुनुका साथै उक्त निर्णयप्रति घोर आपत्ति र असहमति जनाईएको छ ।

प्रदेश समितिको उक्त निर्णय महासंघलाई पत्रकारितामा क्रियाशील संगठन प्रेस चौतारीविहीन बनाउने र गैरपत्रकारिता पेशामा आवद्धहरूको झुण्ड बनाउने खेल खेल्न लागिएको प्रष्ट हुन्छ । यो कार्य तत्काल रोक्न र प्रदेश समितिले र्सार्वजनिक गरेको नामावली सच्याउन हामी न्यायिक माग गर्दछौँ उक्त बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा लमजुङबाट कार्यदलले गरेको सिफारिश कार्यान्वयन नभएकोमा अहिलेसम्म नेपाल पत्रकार महासंघ लमजुङ शाखाको धारणा नआउनु रहस्यमय रहेको उल्लेख गरिएको छ । उस्तै कर्ममा क्रियाशील अन्य संगठनमा आबद्धहरूले सदस्यता पाउने÷नवीकरण हुने र प्रेस चौतारीमा आबद्ध कतिपय सदस्यको सदस्यता÷ नवीकरण नहुँदा आफैँले पठाएको सिफारिशका सम्बन्धमा नेपाल पत्रकार महासंघ लमजुङ शाखालाई आफ्नो धारणा तत्काल सार्वजनिक गर्न उक्त विज्ञप्तिमार्फत आव्हान गरिएको छ ÷

ज्ञापनपत्रमा निर्णय नसच्चाएसम्म र पत्रकार महासंघ लमजुङले यस सम्बन्धमा चित्तबुझ्दो आधिकारिक धारणा सार्वजनिक नगरेसम्म प्रेस चौतारी नेपाल लमजुङले नेपाल पत्रकार महासंघ लमजुङ शाखामा अनिश्चितकालीन तालाबन्दी गरिएको उल्लेख गरिएको छ । उक्त कार्यको बोधार्थ नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई समेत दिईएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी गण्डकी प्रदेशका महासचिव आश गुरुङले जथाभावी र मनलाग्दी निर्णय गर्ने नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको वर्तमान समिति भंग गर्नुपर्ने बताए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist