लमजुङ । लमजुङको सदरमुकाम बेसीशहरमा सानीमा बैँकले बैँकिङ सेवा शुरु गरेको छ । सोमबार सानीमा बैँकका ब्राण्ड राजदुत महजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले संयुक्त रुपमा उद्घाटन गरी काराेबार सुरू गरेका हुन् ।
बैँक उद्घाटन कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले लमजुङले सानीमा बैँक पाएपछि सबैखालको पूर्वधारले पूर्णता पाउने विश्वास व्यक्त गरे । सानीमा बैँकले सबैभन्दा बढी लगानी जलविद्युत क्षेत्रमा गरेको उनले बताए। हास्य कलाकारसमेत रहेका श्रेष्ठले भने ‘आर्थिक मन्दीको समयमा पनि चुनौतीलाई चिर्दै लमजुङमा सानीमा बैँक त्यसै ल्याएको हैन, लमजुङे जनतालाई राम्रो सेवा र सहुलियत ऋणको व्यवस्था गर्न स्थापना गरिएको हो ।’
उद्घाटन समरोहलाई सम्बोधन गर्दै हरिवंश आचार्यले कर्मचारीलाई ध्यानाकर्षण गराउँदै लमजुङका सेवाग्राहीलाई कसरी हुन्छ आकर्षण गर्ने तरिकाले सेवा दिन अनुरोध गरे । उनले भने, ‘सानीमा बैँकले जतिवटा शाखाहरु खोलेको छ, सबै शाखाहरुले सफलता प्राप्त गरेको छ, सबैको मन जित्न सफल भएको छ ।’
उद्घाटन कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बेसीशहरमा कुनैपनि बैँकले अनैतिक कृयाकलाप नगरेको बताए । बैँकले नाफामुखीलाई मात्रै मध्यनजर नगरी सेवामुखीलाई पनि मध्यनजर गर्नुपर्नेमा नगरप्रमुख अर्यालले जोड दिए । सानीमा बैँकले ऋण प्रदान गर्दै गर्दा व्यक्तिलाई मात्रै नभई समाजलाई समेत प्रभावित पार्ने खालको कार्यक्रमहरु ल्याउन उनले आग्रह गरे । बैँकिङ सेवालाई सरल, सहज र गुणस्तरी बनाउँदै सेवाग्राहीलाई आकर्षण गराए बैँक थप उचाइमा पुग्ने नगरप्रमुख अर्यालले बताए ।
कार्यक्रममा सानीमा बैँकका डेपुटि सिईओ पवनकुमार आचार्यले बैँकको सेवासम्बन्धी जानकारी गराउँदै लमजुङमा सानीमा बैँक स्थापना भएसँगै हालसम्म १३१ वटा शाखाहरु स्थापना भइसेकोको बताए । सानीमा बैँकले लमजुङका ५ वटा जलविद्युत आयोजनाहरुमा ८५ करोड लगानी गरेको र सबै आयोजनाबाट बत्ति बलिसेको उनले बताए । सानीमा बैँकले ऋिण दिँदा ऋणीको योजना लगायतका सबै कुरालाई मध्यनजर गरेर मात्रै ऋण प्रदान गर्ने सिईओ आचार्यले बताए । बैँकले सानो २÷३ लाख देखि ठुला–ठुला लागानी गर्दै आइरहेको उनले बताए ।
बैँकको उद्घाटन कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, वित्तीय संस्थाका प्रवन्धक, राजनीतिक दलका प्रतिनिधि, उक्त बैँकका कर्मचारी र स्थानीयहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन युनिभर्सल एकेडेमी स्कुलका प्रिन्सीपल एवं बुद्धिजिवी परिषद् लमजुङका अध्यक्ष बिमल अधिकारीले गरेका थिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link