बेसीसहरमा सानीमा बैँकको कारोवार शुरु

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहरमा सानीमा बैँकले बैँकिङ सेवा शुरु गरेको छ । सोमबार सानीमा बैँकका ब्राण्ड राजदुत महजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले संयुक्त रुपमा उद्घाटन गरी काराेबार सुरू गरेका हुन् ।

बैँक उद्घाटन कार्यक्रममा बोल्दै मदनकृष्ण श्रेष्ठले लमजुङले सानीमा बैँक पाएपछि सबैखालको पूर्वधारले पूर्णता पाउने विश्वास व्यक्त गरे । सानीमा बैँकले सबैभन्दा बढी लगानी जलविद्युत क्षेत्रमा गरेको उनले बताए। हास्य कलाकारसमेत रहेका श्रेष्ठले भने ‘आर्थिक मन्दीको समयमा पनि चुनौतीलाई चिर्दै लमजुङमा सानीमा बैँक त्यसै ल्याएको हैन, लमजुङे जनतालाई राम्रो सेवा र सहुलियत ऋणको व्यवस्था गर्न स्थापना गरिएको हो ।’

उद्घाटन समरोहलाई सम्बोधन गर्दै हरिवंश आचार्यले कर्मचारीलाई ध्यानाकर्षण गराउँदै लमजुङका सेवाग्राहीलाई कसरी हुन्छ आकर्षण गर्ने तरिकाले सेवा दिन अनुरोध गरे । उनले भने, ‘सानीमा बैँकले जतिवटा शाखाहरु खोलेको छ, सबै शाखाहरुले सफलता प्राप्त गरेको छ, सबैको मन जित्न सफल भएको छ ।’

उद्घाटन कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बेसीशहरमा कुनैपनि बैँकले अनैतिक कृयाकलाप नगरेको बताए । बैँकले नाफामुखीलाई मात्रै मध्यनजर नगरी सेवामुखीलाई पनि मध्यनजर गर्नुपर्नेमा नगरप्रमुख अर्यालले जोड दिए । सानीमा बैँकले ऋण प्रदान गर्दै गर्दा व्यक्तिलाई मात्रै नभई समाजलाई समेत प्रभावित पार्ने खालको कार्यक्रमहरु ल्याउन उनले आग्रह गरे । बैँकिङ सेवालाई सरल, सहज र गुणस्तरी बनाउँदै सेवाग्राहीलाई आकर्षण गराए बैँक थप उचाइमा पुग्ने नगरप्रमुख अर्यालले बताए ।

कार्यक्रममा सानीमा बैँकका डेपुटि सिईओ पवनकुमार आचार्यले बैँकको सेवासम्बन्धी जानकारी गराउँदै लमजुङमा सानीमा बैँक स्थापना भएसँगै हालसम्म १३१ वटा शाखाहरु स्थापना भइसेकोको बताए । सानीमा बैँकले लमजुङका ५ वटा जलविद्युत आयोजनाहरुमा ८५ करोड लगानी गरेको र सबै आयोजनाबाट बत्ति बलिसेको उनले बताए । सानीमा बैँकले ऋिण दिँदा ऋणीको योजना लगायतका सबै कुरालाई मध्यनजर गरेर मात्रै ऋण प्रदान गर्ने सिईओ आचार्यले बताए । बैँकले सानो २÷३ लाख देखि ठुला–ठुला लागानी गर्दै आइरहेको उनले बताए ।

बैँकको उद्घाटन कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, वित्तीय संस्थाका प्रवन्धक, राजनीतिक दलका प्रतिनिधि, उक्त बैँकका कर्मचारी र स्थानीयहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन युनिभर्सल एकेडेमी स्कुलका प्रिन्सीपल एवं बुद्धिजिवी परिषद् लमजुङका अध्यक्ष बिमल अधिकारीले गरेका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist