पोखरा । गण्डकी प्रदेशको आयोजनामा जेठ १० गतेलाई निर्धारण गरिएको ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुको भेला रोकिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले विज्ञप्ति जारी गरी मुख्यमन्त्रीहरुको भेला रोकिएको जानकारी गराएका हुन् ।
प्रदेशहरुको अनुभव आदान प्रदान र समान धारणा बनाउने उद्देश्यसहित मुख्यमन्त्रीहरुको भेला डाकिएको थियो ।
मुख्यमन्त्रीहरूको सम्मेलन दोस्रोपटक हुन लागेको हो । गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको नेतृत्वमा पहिलोपटक २०७५ भदौ २१ र २२ गते सम्मेलन भएको थियो । त्यो सम्मेलनले ९ बुँदे घोषणापत्र जारी गरेको थियो । मुख्यमन्त्री भेला डाकेर सार्वजनिक रुपमा प्रशंसित मुख्यमन्त्री गुरुङ आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भने आँखी भएका थिए ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















