जेठ २२ गतेदेखि पालिकाभर ‘सफा  मर्स्याङ्दी’ अभियान

लमजुङ । जेठ २२ गते अथार्त जुन ५ मा विश्व वातावरण दिवस । साेही दिनकाे अबसरमा मर्स्याङ्दी गाउँपालिकाले ‘सफा  मर्स्याङ्दी’ अभियान सञ्चालन गर्ने भएको छ ।

साे दिन विहान ८ बजेदेखि १० बजेसम्म गाउँपालिकाका सवै गाउँटोल, बस्ती, बाटोघाटो सरसफाई गरिने भएको छ । सफा मर्स्याङ्दी अभियानलाई सफल पार्न गाउँपालिकाले सवै जनप्रतिनिधी, कर्मचारी, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थामा आवद्ध व्यक्तित्वहरु, सामाजिक क्षेत्रमा संलग्न सम्पूर्णलाई अभियानमा सहभागी हुन अनुरोध गरेको छ ।

अभियानमा गाउँपालिकाको हरेक टोल बस्तीहरु, संघ संस्थाहरु वरपर, सार्वजनिक स्थलहरु र खोलाहरुको सरसफाई गरिने गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले बताए । कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन आ–आफ्नो पायक पर्ने स्थानमा सहभागी हुन सवै जनप्रतिनिधी, कर्मचारी, शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थामा आवद्ध व्यक्तित्वहरु, सामाजिक क्षेत्रमा संलग्न सम्पूर्णलाई अनुरोध गरिएकाे अध्यक्ष गुरूङले बताए ।

यसै सन्दर्भमा जेष्ठ २४ गते विहान मर्स्याङ्दी गाउँपालिका ३ खुदी बजार, दिउँसो १ बजे मर्स्याङ्दी गाउँपालिका ७ ङादी बजार र जेठ २५ गते बिहान मर्स्याङ्दी गाउँपालिका ४, जगतबजारमा फोहोरमैला व्यवस्थापन सम्बन्धमा स्थानीयसंग बहस कार्यक्रमको आयोजना गरिने छ । कार्यक्रमकाे रेडियाे मर्स्याङ्दीबाट प्रत्यक्ष प्रशारण गरिने भएकाेछ ।

गाउँपालिकाले २०७६ असोजदेखि फाेहाेर संकलन अभियान सञ्चालन गरि जथाभावी फोहर फाल्न बन्देज लगाएको थियो ।

त्यतिबेलादेखि मर्स्याङ्दी नदीलाई केन्द्रमा राखेर सफा मस्र्याङ्दी अभियान सुरु गरिएकोमा अहिले गाउँपालिकालाई नै सफा बनाउने अभियानमा गाउँपालिका जुटेको अध्यक्ष गुरुङले बताए ।

मर्स्याङ्दी गाउँपालिकाले फोहर जथाभावि नफाल्न गाउँगाउँमा डस्टवीनको व्यवस्थापन गरेको छ । फोहर संकलन गरेर प्रशोधन कार्यसमेत गरिरहेको गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाले आफैं ट्याक्टर खरिद गरेर फाेहाेर संकलन क्यालेन्डर बनाएर गाउँगाउँबाट फोहर संकलन गर्दै आएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist