काठमाडौं : नेपाल राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा पूर्वकप्तान सन्दीप लामिछाने अटाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेसहित २० जनाको नाम सार्वजनिक गरेको छ।
जसमा कुशल भुर्तेल, आशिफ सेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजबंशी, सुन्दीप जोरा, भीम शक्ति, प्रतिश जिसी, कमल सिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सूर्य तामाङ, सोमपाल कामी र अर्जुन साउद रहेका छन्।
यसअघि लामिछानेले बिहीबार मुख्य प्रशिक्षक मोन्टी देशाईलाई भेटेका थिए। सन्दीपले प्रशिक्षक देशाई र फिटनेस ट्रेनरलाई भेटेको नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेटिङ म्यानेजर विनोद दासले जानकारी दिए। दासले सन्दीपको फिटनेस हेरेरमात्रै बन्द प्रशिक्षणमा बोलाइने नबोलाइने निर्णय हुने बताएका थिए।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















