लमजुङ जिल्लाका पुर्नलाभ परियोजना लागु भएका स्थानीय तहहरुलाई ग्रामिण सामुदायिक विकास केन्द्र (आरसिडिसी) ले विपद्को समयमा प्रयोग हुने विभिन्न सामाग्रीहरु प्रदान गरेको छ ।
बेसीसहर नगरपालिका, सुन्दरबजार नगरपालिका, मस्र्याङ्दी र दोर्दी गाउँपालिकाका स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई विपद्को समयमा उपयोगी सामग्री सहयोग गरेको हो ।
आरसिडिसिले सि.आर.एस नेपालको साझेदारीमा लमजुङ पुर्नलाभ परियोजना अन्र्तगत प्रति पालिका ४ लाख ५ हजार २ सय ६० रुपैया बरावरको विभिन्न सामग्री सहयोग गरेको ग्रामिण सामुदायिक विकास केन्द्रका अध्यक्ष राजेन्द्र बोहोराले जानकारी दिए ।
पुर्नलाभ परियोजना सञ्चालन भएका स्थानीय तहमा विपद् व्यवस्थापन क्षेत्रमा सहयोग गर्ने कार्यक्रम अनुसार विभिन्न ५६ प्रकारका समग्री हस्तान्तरण गरिएको आरसिडिसिका कार्यकारी निर्देशक विश्व विनोद घिमिरेले बताए ।
सस्थाले जि.पि.ए मेसिन, टेलिभिजन, कम्प्युटर, ग्लोब्स, गैची, जाबेल, हम्मर, त्रिपाल, स्ट्रेचर, डोरी लगायतका सामाग्रि हस्तान्तरण गरेको छ । विपद्को समयमा उद्धार तथा व्यवस्थापनमा आवश्यक सामाग्रिहरुको छुट्टाछुट्टै तीन सेट बनाएर स्थानीय तह आपतकालिन केन्द्रलाई प्रदान गरिएको आरसिडिसीका अध्यक्ष बोहराले वताए ।
बोहोराका अनुसार सहयोग गरिएको सामाग्रि मध्ये २ लाख ५० हजार ६ सय रुपैया वरावरको विद्युतिय सामाग्रि, १ लाख ३९ हजार २ सय १० रुपैया वरावरको हार्डवेयर सामग्री र १५ हजार ४ सय ५० रुपैया वरावरको मेडिकल सामग्री रहेका छन् ।
आरसिडिसिले सि.आर.एस नेपालको साझेदारीमा जिल्लाका चार स्थानीय तह बेसीशहर नगरपालिका, सुन्दरवजार नगरपालिका, मर्स्याङदी र दोर्दी गाउँपालिकामा लमजुङ पुर्नलाभ परियोजना सञ्चालन गरेको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















