सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–६, खुटौनामा तिम्ल्याह शिशु जन्मिएको एक परिवारलाई नगरपालिकाले भैँसी प्रदान गरेको छ ।
३ शिशुको जन्म भएको अति विपन्न खुटौनाका जितेन्द्र कुमार राय र श्रीमती गीतादेवीलाई मलंगवा नगरपालिकाले भैँसी सहयोग गरेको हो । गरिब परिवारमा तीनवटा बच्चा जन्मिएपछि उनीहरुलाई दूधको अभाव नहोस् र उक्त परिवारले दूध बेचेर केही पैसा आर्जन समेत गरोस् भन्ने उद्देश्यले भैँसी सहयोग गरिएको मलंगवा नगरपालिकाले जनाएको छ ।
उक्त परिवारलाई नगरपालिकाले भैँसी खरिदबापत एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए। जितेन्द्रको परिवारलाई प्रदेशसभा सदस्य कौशलकिशोर राय, मलंगवाका मेयर नागेन्द्र प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत गौतम, मलंगवा ६ का वडाध्यक्ष रामकैलाश राय लगायत भएर भैँसी खरिद बापतको १ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
लोकदृश्य
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link
-
लोकदृश्य#molongui-disabled-link