प्रेस चौतारी नेपालले लमजुङका पत्रकार कृष्ण केसीलाई अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । संगठनको सचिवालय बैठकले वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा गठन गरेको पुरस्कार छनोट समितिले बुधबार उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
उक्त पुरस्कार काठमाडौंमा माघ २२ गते प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा प्रदान गरिने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । झण्डै ३ दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील केसीले २०५२ सालमा श्री सगरमाथा र एभरेष्ट हेराल्ड दैनिकबाट पत्रकारिता शुरु गरेका हुन् । विगतमा विभिन्न राष्ट्रिय दैनिकको संवाददाताका काम गरिसकेका केसी हाल लमजुङ दर्पण दैनिकको प्रकाशक छन् । उनीले रेडियो चौतारीका ९१.४ मेगाहर्जका संस्थापक स्टेशन म्यानेजरको भूमिका समेत निभाएका थिए ।
केसी यसअघि नेपाल पत्रकार महासंघ लमजुङको २ कार्यकाल अध्यक्ष, प्रेस चौतारी नेपालको ३ कार्यकाल केन्द्रीय सदस्य तथा तत्कालिन गण्डकी अंचलको इन्चार्जको समेत भूमिकामा रहेर काम गरिसकेका छन् ।
काठमाण्डौंमा रहेर पत्रकारितामा क्रियाशील केसी लमजुङको पत्रकारितामा केही गर्नुपर्छ भन्ने उदेश्यका साथ २०५६ मा कर्मदा साप्ताहिकमा सम्पादकको रुपमा जिल्लामा आई त्यसयता जिल्लामा निरन्तर रुपमा पत्रकारितामा क्रियाशील छन् ।
त्यसैगरी प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईं यस बर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेभएका छन् । डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट दैलेखका याम शर्मा, बीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट बाराका लक्ष्मी साहलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
यस्तै सावित्री–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट सुनसरीका लीलाराज भट्टराई र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट डडेलधुराकी ममता भट्टलाई पुरस्कृत गर्ने निर्णय भएको छनोट समितिका संयोजक रघु मैनालीले जानकारी दिए ।
प्रेस चौतारीले आफ्नो स्थापना दिवसमा बिभिन्न रचनात्मक कामसमेत गर्दै आएको छ । प्रेस चौतारीको यही माघ ९ र १० गते बसेको सचिवालय बैठकले वरिष्ठ पत्रकार मैनाली संयोजक तथा उपाध्यक्ष देविका घर्तीमगर र महासचिव हिरामान लामा सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिले अन्तिम निर्णय गरी केन्द्रीय कार्यालयलाई नाम बुझाएको हो ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















