जिल्ला प्रहरी कार्यालय लमजुङले प्रहरी सहायक हवल्दार दिपक गिरीलाई पुस महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।
प्रहरी सहायक हवल्दार गिरीले आधुनिक प्रविधिको प्रयोग, प्राविधिक अनुसन्धान गर्ने, विशेष रुपमा सुराकी परिचालन गरी खबर संकलन गर्ने खुवी देखाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरी सहायक हवल्दार गिरीले पुस महिनामा फैसला कार्यान्वयनतर्फ फरार रहेका २० जनालाई विभिन्न स्थानबाट पक्राउ गरी तथा सम्पर्कमा ल्याई अनुसन्धान कार्यमा विशेष योगदान पु¥याएको बताइएको छ ।
समाजमा प्रहरीको छवी उच्च बनाउन इमान्दार, कर्तव्यनिष्ठ र बफादार रही उत्कृष्ट कार्य सम्पादन गरेकोले उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमलले बताए ।
गिरीले विशेष रुपमा सुराकी परिचालन गरी २०५६ सालको असोजमा धमिलिकुवामा नवजात शिशुलाई कर्तव्य गरी मारेर फरार रहेकी महिलालाई २३ बर्ष पछि चितवनबाट पक्राउ गर्न सफल भएका थिए । यसैगरी २०७४ मंसिर ११ गते राईनास नगरपालिका वडा नं. ९ मा ५३ बर्षीय हितमान श्रेष्ठलाई टाउकोमा चिर्पट प्रहार गरी मारेर फरार रहेका पाँच बर्षपछि गत पौष २७ गते चितवनबाट पक्राउ गर्न सफल भएको वताइएको छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















