लमजुङमै अब्बल हिमचुली !

लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ खुदीमा अबस्थित हिमचुली आवासिय माध्यामिक विद्यालय जिल्लामै अब्बल ठहरिएको छ ।

एसईई परिक्षा २०७८ मा देशभर ४२ जना मध्ये हिमचुलीका प्रमिश कतिलाले ४ जिपिए ल्याएका थिए । जिल्लामा भएको ९ वटा प्याप्सन कप मध्ये ६ वटा कप हिमचुलीले जितेको थियो । त्यसमध्ये २ वटा प्यावसन कपमा त रनरअफ जितेको थियो हिमचुली माविले ।

मस्र्याङ्दी गाउँपालिकामा ८५ प्रतिशत सिकाई उपलब्धी हाँसिल गरेको हिमचुली आवसिय मावि जिल्लामा अब्बल विद्यालयको रुपमा रहेको छ ।

सो विद्यालयको माघ १५ गते आइतबार भएको २९ औं वार्षिकोत्सब एवं अभिभावक दिवस समारोहमा बोल्ने बक्ताहरुले हिमचुली आवसिय मावि जिल्लाको मात्र नभई देशकै उत्कृष्ट विद्यालय भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य जमीन्द्रमान घलेले नीजि विद्यालयले देशको शैक्षिक विकासमा ठुलो योगदान दिएको बताए ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले देशमा दुईखाले शिक्षा नीति नभई पठनपाठन शैली मात्र फरक रहेको बताए ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नन्दराज तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामायाँ थापा, प्याबसन लमजुङका अध्यक्ष मेन घले, गाउँपालिकाका सामाजिक बिकास शाखा संयोजक एवं वडा नं. ७ का वडा अध्यक्ष तिल बहादुर गुरुङ, वडा नं. ३ का अध्यक्ष दुधमान तमाङ, विद्यालयका संस्थापकहरू प्रेम बस्नेत, मेघेन्द्र पोखरेल, रामप्रसाद सुवेदी, विभिन्न बिधालयका प्रधानाध्यापक, अभिभावकले मन्तब्य राखेका थिए ।

सो अबसरमा प्रधानाध्यापक रामचन्द्र भण्डारीले बिधालयको शैक्षिक, भौतिक, आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने साहयक प्रअ अर्जुन भण्डारी र सम्झना भण्डारीले सहजीकरण गरेका थिए ।

सो कार्यक्रममा एसई परिक्षा २०७८ मा ४ जिपिए ल्याउन सफल प्रनिश कतिला र विद्यालयलाई सहयोग गरेको भन्दै पत्रकार नवीनराज कुइँकेललाई सम्मान गरिएको थियो । सोही अबसरमा विद्यालयको विभिन्न विधामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist