अब तालगाउँबासीले पाउनेछन बाढी आउनु पहिल्यै सूचना

लमजुङ । तीन वर्षअघि असारमा हिमालपारिको जिल्ला मनाङमा भीषण वर्षा भयो । वर्षासँगैको बाढीले मस्र्याङ्दी नदी किनार छियाछिया बनायो । स्थानीयका घर बाढीको बेगमा बगे, कैयौंलाई उठिबास लगायो । बाढीको चपेटामा परेका गाउँले लामो समयसम्म पालमुनि बस्न बाध्य भए ।

बाढीको मारमा सबैभन्दा बढी नासोँ गाउँपालिका–१ तालगाउँका बासिन्दा परेका थिए । तालगाउँमा ४३ घर छन । मस्र्याङदी नदी किनारसँगैको बस्ती तालगाउँका अधिक घरमा बाढी पसेको थियो । पटक पटक बाढीको चपेटामा परेर लाखौंको धनमाल गुमाएका तालगाउँबासीले भने अब विपद् आउनुपूर्व नै सूचना पाउने भएका छन् ।

मस्र्याङ्दी नदी तटमा अबस्थित ताल गाउँलाई प्राकृतिक विपद्बाट बच्न साइरन जडान गरिएको छ । मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसीएस) ले २६ लाख रुपैयाँको लागतमा साइरन जडान गरिदिएपछि ताल गाउँबासी खुसी भएका छन् । नसों गाउँपालिका–१ का अध्यक्ष मिनराशी गुरुङले साइरन जडानपछि वर्षातको समयमा गाउँलेहरू ढुक्कसँग निदाउन पाउने भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

लमजुङसँग सीमा जोडिएको तालगाउँलाई विपद्बाट जोगाउन पूर्व सूचना दिने साइरन जडान गरिएको एचडिसीएसका मनोसामाजिक परामर्शदाता शोभा ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार नसों गाउँपालिका–८ को धारापानीमा राखिएको एक यन्त्रले मस्र्याङ्दी नदीमा पानीको सतह मापन गर्ने छ । स्वचालित सो यन्त्रले मस्र्याङ्दी नदीमा खतराको सहत पार गरेको संकेत गर्नासाथ साइरन बज्न थाल्ने ठकुरीले बताउनुभयो ।

साइरन ताल गाउँभर सुनिनेगरि राखिएको छ । साइरनसँगै खतराको संकेतको सूचना मोवाइल एसएमएसबाट जाने प्रवन्ध समेत गरिएको छ । कथम्कदाचित लाइन गएको, नेट नचलेको स्थिति भएमा पनि कटुवालमार्फत त्यो खतराको खबर गाउँलेले थाहा पाउँछन् र उनीहरू सुरक्षित स्थानतर्फ जान सक्ने प्रवन्ध गरिएको ठकुरीले जानकारी जानकारी दिनुभयो ।

सुरक्षित स्थानका लागि स्थानीय फुटबल खेल मैदानलाई प्रयोग गर्ने गरी स्थानीय गाउँमा रहेको मस्र्याङदी युवा क्लबसँग समन्वय गरिएको छ । यसअघिको डुबानका बेलामा पनि त्यो ठाउँमा पानी सतह पुग्न सकेको थिएन । साइरन जडानपछि स्थानीय जन प्रतिनिधिहरू, आमा समूह, युवा क्लबका पदाधिकारीहरू, प्रहरी र स्वास्थ्य चौकी तथा गाउँका बासिन्दालाई एक दिने प्राथमिक मनोसामाजिक सहयोग सम्बन्धि तालिम दिइएको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist