बेसीसरहमा मापदण्ड विपरीत फार्मेसी सञ्चालन

लमजुङ । सदरमुकाम बेसीसहरमा मापदण्ड विपरीत औषधि पसल (फार्मेसी) सञ्चालनमा रहेको पाइएको छ । जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रमा अधिकांश औषधि पसलहरु मापदण्ड विपरीत रहेको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बेसीसहरको ठाडोलाइन र शेराबजारमा रहेका औषधि पसलमा गरिएको अनुगमनमा फार्मेसी नै नपढेका ब्यक्तिले औषधि विक्री गरिरहेको पाइएको छ । त्यतिमात्र हैन, खाद्यपुरक सामाग्री, औषधिका रुपमा दर्ता नै नभएका सामाग्री समेत बेचविखन गरेको र इजाजत विना कम्युटर विलिङ गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले जानकारी दिनुभयो ।

“अनुगमनमा दक्ष जनशक्ति विनै औषधि बेचेको पाइएको । दर्ता नभएका औषधि र खाद्यपुरक सामाग्रीपनि बेचेको पाईयो”, गौतमले भन्नुभयो, “त्यस्ता पसललाई सातदिन भित्र सुधार गर्न निर्देशन दिइएको छ ।” तोकिएको समयमा सुधार नभए कानुन बमोजिम कारबाही गरिने गौतमले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय, प्रदेश जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, जिल्ला अस्पतालका चिकित्सक, करदाता सेवा कार्यालयका प्रमुख, बेसीशहर नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय, लमजुङ उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीसहितको अनुगमन टोलीले सोमबार विभिन्न १० वटा औषधि पसलको अनुगमन गरेको थियो ।

अनुगमन टोलीले औषधि पसलहरु दर्ता, नवीकरण भए नभएको, विलविजक, साइनबोर्ड, सरसफाइ, अनुमतिप्राप्त व्यक्तिबाट औषधि विक्रि वितरण भए नभएको तथा तोकिएको मापदण्ड अनुसार चले नचलेको विषयमा अनुगमन गरेको थियो ।

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधि पसलको अवस्था बुझ्न गरिएको अनुगमनमा अधिकांश औषधि पसल संचालकहरुले सरसफाईमा ध्यान नदिएको तथा पसल सञ्चालनको अवस्था सन्तोषजनक नरहेको अनुगमन टोलीले जानकारी दिएको छ ।

बेसीसहरमा करिब दुई दर्जन हाराहारीमा औषधि पसलहरु रहेका छन् । अधिकांश पसलहरु मापदण्ड विपरीत रहेपनि अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा र कानुन विपरीत सञ्चालनमा रहेका पसललाई कारबाही हुन नसक्दा सेवाग्राहीहरु समस्यामा पर्नेगरेको जनगुनासो रहँदै आएको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist