डेढ करोडको कारोबार गर्दै सकियो खेलकुँद तथा सांस्कृतिक महोत्सव

लमजुङ । विभिन्न खेल र स्थानीय संस्कृतिको प्रचारप्रचार गर्न आयोजित प्रथम लमजुङ खेलकुँद तथा सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । युवालाई खेल, संस्कृति र ब्यवसायतर्फ आकर्षित गर्न महोत्सवले सकरात्मक भूमिका खेलेको आयोजक जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङले बताउनुभयो ।

फागुन ६ गतेबाट सुरु महोत्सवको १४ औं दिन १८ गते सोमबार समापन गरिएको हो । महोत्सव अवधिभर भएको विभिन्न खेलकुदका विजेताहरुलाई समापनको अवसरमा पुुरस्कार वितरण गरिएको थियो । युगल ब्याडमिन्टन प्रतियोगितामा प्रथम भएका रोहित गुरुङ र सुभाष श्रेष्ठले १५ हजार रुपैया, द्धितीय हुने विनोद गुरुङ र प्रल्हाद बोहराले १० हजार रुपैया प्राप्त गर्नुभयो ।

त्यस्तै कराँते प्रतियोगितामा बेसीशहर नगरपालिकाले ११ स्वर्ण, ५ रजत र ३ कास्य पदक सहित प्रथम स्थान हासिल गरी ३० हजार रुपैया प्राप्त गरेको छ । त्यस्तै सुन्दरबजार नगरपालिकाले १ स्वर्ण, ५ रजत र ५ कास्य पदक प्राप्त गरी द्धितीय हुदँै २० हजार रुपैया र राइनास नगरपालिकाले १ रजत ११ कास्य प्राप्त गरी नगद १० हजार रुपैया प्राप्त गर्न सफल भएको छ ।

भलिबल खेलमा पुरुषतर्फ राइनास नगरपालिका प्रथम भई ५० हजार र मध्यनेपाल नगरपालिका द्धितीय भई २५ हजार रुपैया पुरस्कार प्राप्त गरेको छ । त्यस्तै महिलातर्फ भएको भलिबल खेलमा मध्यनेपाल नगरपालिका प्रथम भई ३० हजार र बेसीशहर नगरपालिका द्धितीय भई २० हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तैगरी छेलो प्रतियोगितामा सुन्दरबजार नगरपालिका–३ का निशान परियार प्रथम भई नगद १५ हजार र दुधपोखरी गाँउपालिकाका बिर बहादुर तामाङ द्धितीय भई नगद १० हजार प्राप्त गर्नुभयो भने स्नुकर प्रतियोगितामा अवसर मिया प्रथम भई ३० हजार र रवी बस्नेत द्धितीय भई २० हजार रुपैया प्राप्त गर्नुभयो ।

त्यस्तैगरी सास्कृतिक कार्यक्रम तर्फ आयोजना गरिएको आमा समूहको नृत्य प्रतियोगितामा शान्तिटोल आमा समूह प्रथम भई ३० हजार रुपैया प्राप्त गरेको छ ।

महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न कलाकारहरुको प्रस्तुती रहेको थियो । जिल्लामा पहिलो पटक खेलकुद र साँस्कृतिक कार्यक्रम एकै पटकमा आयोजना गरि २ हप्तासम्म चलेको महोत्सवले सोचे अनुसारको सफलता प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समिति लमजुङले जनाएको छ । महोत्सव अवधीभर करिव डेड लाख दर्शकले अवलोकन गरेको र डेड करोड बराबरको कारोबार भएको आयोजकले जानकारी दिएको छ ।

भलिबल, कराँते, छेलो लगायतका खेल तथा स्थानीय संस्कृतिलाई प्रचारप्रचार गरी युवालाई खेलप्रति आकर्षित गर्दै अनुशासित बनाउने, बढ्दो युवा पलायनलाई रोकेर खेल, संस्कृति र व्यवसायतर्फ आकर्षित गराउने, महोत्सवको माध्यमबाट जिल्लाको पर्यटन विकास गरी आर्थिक विकासमा टेवा पु¥याउने, खेल पूर्वाधारको विकासमा लगानीको वातावतरण बनाउने तथा बेसीशहरको सहजी खेलमैदानको लागि थप जग्गा खरिद गर्ने लगायत महोत्सवको उद्धेश्य रहेको थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist