पर्यटक बोलाउन पसगाउँ महोत्सव

लमजुङ । अपेक्षाकृतरूपमा पर्यटक गाउँमा आउन नसकेको भन्दै क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँका बासिन्दा महोत्सव गर्ने तयारीमा जुटेका छन् ।

दुई वर्षअघि चौधौं महोत्सव गरेका स्थानीयले यसपटक फागुन १८ र १९ मा पन्ध्रौं पसगाउँ  महोत्सव गर्ने भएका हुन् । आन्तरिक तथा बाह्य पर्यटन आकर्षित गर्न महोत्सव आयोजना गरिएको पसगाउँ  सामुहिक होमस्टेले सदरमुकाम बेंसीसहरमा पत्रकार भेटघाट गरी जानकारी दिएको छ ।

२०६० सालयता हरेक २ वर्षको फरकमा पसगाउँमा महोत्सव हुँदै आएको छ । क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले पसगाउँमा आन्तरिक तथा बाह्य पर्यटक बोलाउन महोत्सव गर्न गाउँहरू जुर्मुराएको बताउनुभयो । प्रकृति र संस्कृतिले धनी पसगाउँमा पर्यटकलाई स्वागत गर्न स्थानीय आतुर रहेको उहाँले बताउनुभयो । “पर्यटक आउँदै नआउने होइनन्, हाम्रो अपेक्षा अलि धेरै सङ्ख्यामा आउन् भन्ने हो,” उहाँले भन्नुभयो, “महोत्सवबाट गाउँ  चिनाउने र पर्यटक बोलाउने हाम्रो उदेश्य हो ।” गाउँको प्रचार हुन सके पर्यटनबाट सबैले लाभ पाउने उहाँले बताउनुभयो । पसगाउँ  मात्रै नभई क्होंम्रेडाँडा, छेदोपुँ र ङ्ह्योजेलगायतमा पर्यटक पुग्दा रमाइलो मान्ने ठाउँहरू रहेको उहाँले प्रस्ट्याउनुभयो ।

स्थानीयले पर्यटन प्रवर्धन कार्यक्रम भने २०५८ सालदेखि नै गर्दै आएका थिए । क्व्होलासोंथर ६, पसगाउँका वडाध्यक्ष मनलाल गुरुङले गाउँमा पर्यटकका लागि २५ घरमा होमस्टे सञ्चालन गरिएकोे बताउनुभयो । महोत्सवमा लोपुन्मुख घाँटु, कृष्णचरित्र, सारङ्गीनाच, आमा समूह, यूवा समूहको पौराणिक नृत्य लगायत देखाइनेछ । महोत्सवमा अलैंची र चिया बगानको दृश्यावलोकन, स्थानीय गुरुङ खाना महोत्सव, प्राकृतिक दृश्यावलोकन, स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति लगायतका कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।

संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद गुरुङले गाउँको प्रचारप्रसार गर्न, होमस्टेमा पर्यटक बसाउन र स्थानीय कला, संस्कार संस्कृति देखाउन महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

ढुङ्गाका छाना । घुमाउने घर । परम्परागत रहनसहन पसगाउँका विशेषता हुन् । समुद्री सतहदेखि १ हजार ६ सय ३० मिटरको उचाइमा रहेको पसगाउँ कास्कीको मादी गाउँपालिकाको सीमामा पर्छ । यहाँ करिब २ सय ५० घरधुरी छन् । गाउँमा चोबीसै घण्टा बिजुली र पानीको सुविधा छ ।

बेंसीसहरबाट बागलुङपानी, घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै हिँडेर पसगाउँ पुग्न सकिन्छ । खुदीबाट घलेगाउँ, भुजुङ हुँदै कास्कीको नागिधार, पाखुरीकोट, याङ्जाकोट हुँदै पोखरा निस्कने गुरुङ सम्पदा मार्गको एउटा गन्तव्य पसगाउँ पनि हो । बागलुङपानीबाट छुट्टिएर मालिङ, घाम्राङ हुँदै पसगाउँ पुग्न सकिन्छ । 

तनहुँको दमौलीबाट भोर्लेटार–रामबजार, गिलुङ, भोँजे, चरागाउँ, कुम्लुङ हुँदै पसगाउँ पुग्न सकिन्छ । यही बाटो अहिले पसगाउँसम्म मोटर पुगेको छ । कास्कीको बेगनासबाट तालबेंसी हुँदै रामबजार पुगेर गिलुङ हुँदै पसगाउँ जाने बाटा छन् । पोखरादेखि कालिकास्थान, सौर्य, थुम्सीकोट, गहते, पाखुरीकोट–नागिधार हुँदै पनि पसगाउँ पुग्ने सडक छ । बेंसीसहरबाट ९ कोश टाढा पर्ने पसगाउँ पोखराबाट ४७ किलोमिटरको दुरीमा पर्छ ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist