तल्लोचिप्ला पहिरो भूगर्भविद्हरुबाट अध्ययन

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ चल्लोचिप्लास्थित गैरीगाउँको पहिरोको जोखिम अबस्थाबारे भूगर्भविदहरुको टोलीले स्थलगत अध्ययन गरेको छ ।

गाउँपालिकाको पहल तथा जिल्ला प्रशासन कार्यालय लमजुङको समन्वयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र खानी तथा भूगर्भ विभागका भूगर्भविद्सहितको टोलीले स्थलगत अध्ययन गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद् राजेन्द्र आचार्य र खानी तथा भूगर्भ विभागका भूगर्भविद् कृष्ण पाण्डेसहितको टोलीले पहिरोको अध्ययन गरेको मस्र्याङ्दी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँले जानकारी दिनुभयो । अध्ययन प्रतिवेदन पन्ध्र दिनमा आइपुग्ने उहाँले बताउनुभयो ।

पहिरोको स्थलगत अध्ययनका लागि जनप्रनिििध, कर्मचारी तथा स्थानीयपनि भूगर्भविद्हरु सँगै गएका थिए । गत साउन १२ गते अविरल वर्षासँगै बस्ती माथीको जमिन चिराचिरा परेर भासिन थालेपछि स्थानीय विस्थापित भएका थिए ।

जमिन चिराचिरा परेर पहिरो जाने जोखिम बढेपछि साउन १३ गतेदेखि गैरीगाउँका ४२ घरधुरीका एकसय ८२ जना नजिकैको डाँडागाउँ र विद्यालय वरपर त्रिपाल टाँगेर बसेका थिए । वर्षा रोकिको एक महिनापपछि जोखिम कम भएको भन्दै उनीहरु पुनः आफ्नै घर फर्किएका थिए ।

गाउँमाथि जमिन धाँजा फाटेर चिराचिरा परेकाले पुनः बर्खाको समयमा जोखिम बढ्न सक्ने भएकाले भूगर्भविद्बाट स्थलगत अध्ययन गरिएको सो वडाका वडाअध्यक्ष घनश्याम घलेले बताउनुभयो । अध्ययन्बाट प्रतिवेदन प्राप्त भएपछि समाधानका लागि सम्बन्धित निकायहरुमा पहल गरिने उहाँले बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist