मर्मत हुँदै माथिल्लो मर्स्याङ्दी–ए

लमजुङ । मस्र्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको मर्मत थालिएको छ । आयोजनाको मर्मत थालिएपछि विद्युत उत्पादन बन्द भएको छ ।

विद्युत गृहमा टर्वाइन र बाँधस्थलको मर्मत सुरु गरिएको आयोजनाले जनाएको छ । आयोजनाले विद्युत उत्पादन थालेको आठ वर्ष भएको छ । २५÷२५ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन रहेको उक्त आयोजनामा टर्वाइनको मर्मतसम्भार चाइनाबाट आएको प्राविधिक टिमले गरिरहेको छ ।

शनिबारदेखि सुरु गरिएको मर्मतकार्य एक हप्तामा सक्ने लक्ष्य रहेको आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले जानकारी दिनुभयो । विद्युत प्राधिकरणसँग एक हप्ताको समय लिएर मर्मत थालिएको उहाँले बताउनुभयो ।

रन अफ रिभर (पानीको बहावमा आधारित) उक्त परियोजनाको बाँधक्षेत्रमा पनि मर्मत भइरहेको छ । बाँधस्थलमा चाइनिज कम्पनी ब्युरो सातसँग मिलेर नेपाली निर्माण ब्यवसायीहरुले मर्मतको काम गरिरहेका छन् भने टर्वाइन मर्मतमा चिनियाँ विषेशज्ञसहित इन्जिनियर तथा प्राविधिकहरु खटिएका छन् ।

बर्खामा खोलामा मिसिएका पहिरोसहितको ढुङ्गामाटो र बालुवाका कणले टर्बाइनका दाँतहरू खियाउने भएकाले हिउँदको समयमा बर्षैसाल मर्मत गरिने गरिएको अधिकारीले बताउनुभयो । आयोजनाबाट हिउँदको समयमा २८ देखि ३० मेघावाट विद्युत उत्पादन हुने गर्दथ्यो । मर्मतको काम सकिनासाथ विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।

सन् २०१३ को जनवरीमा निर्माण सुरु गरिएको माथिल्लो मस्र्याङ्दी ’ए’ आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक विद्युत् उत्पादन थालेको थियो । सो आयोजनामा चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ ।

लोकदृश्य
+ posts

ताजा खबर

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक नामाकरण

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक नामाकरण

लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको छ ।  मस्र्याङ्दी गाउँपालिका–९...

‘बेंशीसहरबासीलाई चौबिसै घण्टा शुद्ध खानेपानी’

‘बेंशीसहरबासीलाई चौबिसै घण्टा शुद्ध खानेपानी’

लमजुङ । हिउँद लाग्नासाथ पानीको दुःख झेल्दै आएका लमजुङ सदरमुकाम बेसी सहरबासीले अब चौबिसै घण्टा शुद्ध खानेपानी पाउने भएका छन् ।...

राष्ट्रकवि र भूगोलविद्को नाममा विद्यालयको नामकरण

राष्ट्रकवि र भूगोलविद्को नाममा विद्यालयको नामकरण

लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरे र भूगोलविद् डा. हर्क गुरुङको नाममा विद्यालयको नामकरण गर्न मर्स्याङ्दी गाउँपालिकाले सिफारिस गरेको छ । ...

गाउँपालिका विरुद्द वडाअध्यक्षको रिट खारेज

गाउँपालिका विरुद्द वडाअध्यक्षको रिट खारेज

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाको वडा नं. ९ का नौवटा विद्यालय ब्यवस्थापन समिति गठनको विषयमा गाउँपालिका विरुद्द परेको रिट उच्च अदालत...

लमजुङका चार क्याम्पसमा नेविसंघ र एकमा अनेरास्ववियु विजयी

लमजुङका चार क्याम्पसमा नेविसंघ र एकमा अनेरास्ववियु विजयी

लमजुङ । लमजुङका पाँचवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चार वटामा र अखिल...

काउलेपानीको लालीगुराँसले बोलायो पर्यटक

काउलेपानीको लालीगुराँसले बोलायो पर्यटक

लमजुङ । वरीपरी सेता हिमाल । गाउँ माथिको जंगलमा फुलेका ढकमक लालिगुराँस । लमजुङको काउँलेपानी वरपर देखिने यी सुन्दर दृश्यले...

मनास्लु र अन्नपूर्णलाई जोडेर ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’

मनास्लु र अन्नपूर्णलाई जोडेर ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’

लमजुङ । यातायातको पहुँचले मनास्लु र अन्नपूर्ण पदमार्गको यात्रा छोटिदैं गएको मात्र छैन, धुलो, धुँवा र ध्वनी प्रदूषणले पर्यटकलाई अशान्त...

बेसीसरहमा मापदण्ड विपरीत फार्मेसी सञ्चालन

बेसीसरहमा मापदण्ड विपरीत फार्मेसी सञ्चालन

लमजुङ । सदरमुकाम बेसीसहरमा मापदण्ड विपरीत औषधि पसल (फार्मेसी) सञ्चालनमा रहेको पाइएको छ । जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रमा...

लमजुङमा अनलाइनबाट पहिलोपटक नागरिकता

लमजुङमा अनलाइनबाट पहिलोपटक नागरिकता

लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले पहिलोपटक अनलाइन प्रणालीमार्फत सिफारिस लिएर नागरिकता प्रदान गरेको छ । राइनास नगरपालिका–५ निवासी सुभेक्षा...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist