‘महिला नै पहिला’ भन्दै लमजुङमा अनुपम यात्रा !

लमजुङ । राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भन्ने आवाज उठाउँदै महिलाहरुले लमजुङमा अनुपम यात्रा ¥याली निकालेका छन् ।

आउँदो २०८४ को निर्वाचनमा महिला नै पहिला भन्ने उद्देश्यका साथ देशव्यापी अनुपम अभियान सञ्चालन गरिदैआएको छ । अनुपम अभियान अन्तर्गत शुक्रबार मध्यनेपाल नगरपालिका वडा नं. २, सोतिपसलमा अनुपम यात्रा गरिएको हो ।

एकिकरण नेपाल गोरखा तथा राष्ट्रिय जनवकालत मञ्च नेपालको समन्वयमा सोतिपसलका राक्सेकालिका आमा समूह, गणेश टोल विकास समूह, महिला जागरण महिला समूह, खहरे आमा समूह, सशक्त आमा समूह, बोर्डिङचोक आमा समूह, कल्याणकारी आमा समूह, प्रगतिशील आमा समूह, रिस्तिभ्याली सामुदायिक सिकाइ केन्द्रमा रहेका महिलाहरुले प्लेकाडसहित ¥याली निकालेका थिए । कार्यक्रममा दुईसयभन्दा बढी महिलाहरुको सहभागिता रहेको रिस्तीभ्याली सामुदायिक सिकाई केन्द्र अध्यक्ष भोलानाथ पौडेलले जानकारी दिनुभयो ।

उक्त अवसरमा वडा अध्यक्ष पदम बहादुर थापा, वडा सदस्य ज्ञानी नेपाली, र राक्सेकाली आमा समूहका प्रतिनिधिहरू कमला थापा, रेवती खनाल, पदम गुरुङ लगायतले राजनीतिमा महिला सहभागिता अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो ।

२०८० सालदेखि सुरु यो अभियान २०८४ सालसम्म सञ्चालन हुनेछ । अभियानले न्यायिक समतामूलक समाजको निर्माण गर्न टेवा पु¥याउने लक्ष्य लिएको छ । जहाँ महिलाको अर्थपूर्ण सहभागिता रहनेछ ।

राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशव्यापी अभियान सुरु भएको हो । महिलावादी मञ्च गठन गरी पूर्व मेची र पश्चिम महाकालीबाट सुरु गरी हरेक जिल्लामा बस, पैदल, टेम्पु यात्रा गर्दै विभिन्न स्थानीय तहका वडासम्म पुग्ने गरी अभियान अगाडि बढाइएको अधिकारकर्मीहरुले बताएका छन् ।

महिला अनिवार्य रहेको व्यवस्थालाई समेत ‘गठबन्धन’ र ‘वा’ जस्ता शब्दको दुरूपयोग गर्दै कानुनमा छिद्र खोजेर महिलाको अर्थपूर्ण सहभागितालाई पाखा लगाउने काम भएको उनीहरुको गुनासो रहेको छ । महिलाको नेतृत्वलाई स्विकार्ने वातावरण बनाउन र राज्यका सबै तहमा महिलाको समतामूलक सहभागिता अनिवार्य बनाउन आउँदो निर्वाचनमा महिलालाई अर्थपूर्ण नेतृत्वमा ल्याउनु अनुपम यात्राको अन्तिम लक्ष्य रहेको अभियानकर्ता हरि देवकोटाले बताउनुभयो ।

गत स्थानीय तहको निर्वाचनमा सात सय ५३ मध्ये २५ वटा स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका छन् । यो संख्या भनेको कुल निर्वाचित संख्याको ३.३२ प्रतिशत मात्रै हो । त्यसैगरी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ दुई सय २५ जना महिला निर्वाचन मैदानमा भए पनि नौजना मात्रै निर्वाचित भएका थिए ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist