बेसीसहरमा ‘किसान घर’ सञ्चालन

लमजुङ । बेसीसहर नगरपालिका –२ टारगाउँका वीरबहादुर विकले साउदी अरेबियामा नौ वर्ष बिताउनुभयो । साउदीमा तरकारी खेतीमा काम गर्नुभएका विकले स्वदेशमा यो पेसा रोज्नुभयो । साउदीमा सिकेको सीपलाई उहाँले आफ्नै करेसाबारीमा व्यावसायिक रूप दिनुभएको छ ।

वीरबहादुर र उहाँको पत्नी चिजाको दैनिकी तरकारी खेतीमा बित्ने गर्छ । १० वर्षदेखि तरकारी खेतीमा लाग्नुभएका यी दम्पतीको एउटै चिन्ता थियो, उत्पादित तरकारीको बजारीकरण कसरी गर्ने भनेर । उहाँजस्तै बेसीसहर नगरपालिकाका अन्य किसानलाई पनि उत्पादन भएको तरकारी कहाँ लगेर बेच्ने भन्ने समस्याले पिरोलिरहन्थ्यो । 

बिहीबार सदरमुकाम बेसीसहरमा किसानका तरकारी बेच्न ‘किसान घर’ स्थापना भएपछि वीरबहादुरजस्ता सयौं किसानहरू खुसी भएका छन् । “तरकारी फलायो, बेच्नका लागि घरघरै हिँड्नुपर्ने समस्या थियो” किसान वीरबहादुर विकले भन्नुभयो, “अब किसान घरमा डोको बिसाउन पाउँदा खुसी लागेको छ ।” 

बेसीसहर–१० बाँझाखेतका किसान केशबहादुर गुरुङले पनि किसान घर स्थापनाले किसानलाई खुसी थपेको बताउनुभयो । किसानका तरकारी, फलफूल तथा अन्नपात खरिद गरी र उपभोक्तालाई सस्तो मूल्यमा बिक्री गर्ने उद्देश्यले लमजुङ सदरमुकाम बेसीसहरमा किसान घर सञ्चालनमा ल्याइएको हो । 

बेसीसहर –८ ठाडो लाइनमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको किसान घरलाई बेसीसहर नगरपालिका र ग्रामीण सामुदायिक विकास केन्द्रले सहयोग गरेका छन् । एकता कृषि सहकारी संस्थाले सञ्चालन गरेको किसान घरमा ग्रामीण सामुदायिक विकास केन्द्रले दुई लाख ९८ हजार सहयोगमा कोल्ड स्टोर समेत स्थापना गरिएको छ । 

संस्थाले घरभाडा, झोला र बिउपूँजीका रूपमा एक लाख रुपियाँ सहयोग गरेको ग्रामीण सामुदायिक विकास केन्द्रका संस्थापक अध्यक्ष राजेन्द्र बोहराले बताउनुभयो । 

बेसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले किसानलाई उत्पादनमा प्रेरित गर्न र उत्पादन गरेपछि बिक्री हुन्छ भन्ने विश्वास दिलाउन किसान घरले सहयोग गर्ने बताउनुभयो । 

किसानको घरखेतमै पुगेर उत्पादित वस्तु बजारसम्म ल्याउनका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरिएको उहाँले बताउनुभयो । “अब गाउँको उत्पादनले बजार पाउँछ, बजारकाले स्वच्छ र अर्गानिक तरकारी खान पाउने छन” अर्यालले भन्नुभयो, “बजारीकरणको समस्या नभएपछि उत्पादनमा पनि वृद्धि हुन्छ भन्ने विश्वास लिएका छौं ।”

दूध, तरकारी, फलफूल तथा मह उत्पादन वृद्धि गर्न नगरपालिकाले किसानलाई सहयोग गर्दै आइरहेको उपप्रमुख पदमा गुरुङले बताउनुभयो । उहाँले अबका दिनमा उत्पादनमा आधारित भएर अनुदानको व्यवस्था गर्न कृषि घरले टेवा पुग्ने बताउनुभयो । 

एकता कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर घिमिरले किसानका उत्पादन उपभोक्ताको भान्सासम्म लग्न आफूहरू लागि पर्ने बताउनुभयो । उहाँले बजारका चोक–चोकमा कृषि एम्बुलेन्समार्फत तरकारी बेच्ने योजना रहेको बताउनुभयो । 

लोकदृश्य
+ posts

ताजा खबर

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने...

राइनासको आफ्नै भवनबाट प्रशासकीय काम

राइनासको आफ्नै भवनबाट प्रशासकीय काम

लमजुङ । लमजुङको राइनास नगरपालिकाले आफ्नै भवनबाट प्रशासकीय काम थालेको छ । नगरपालिका स्थापना भएको ९ वर्षपछि राइनासले आफ्नै भवनबाट...

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । दोर्दी गाउँपालिका अध्यक्ष...

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ ।...

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक स्थापना

  लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ सिम्पानी खुदीपुल नजिक ‘साम्बा’ चोक स्थापना गरिएको छ । मस्र्याङ्दी...

लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

  लमजुङ । लमजुङका आठवटा स्थानीय तहमा मस्र्याङ्दी गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०÷०८१ को हिसावको...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist