भूकम्प र आगलागीबाट बच्न गिलुङमा कृतिम अभ्यास

लमजुङ । भूकम्प तथा आगलागीबाट बच्न सचेतना जगाउन लमजुङस्थित नेपाली सेनाको चण्डी प्रसाद गणले कृतिम अभ्यास गरेको छ ।

लमजुङको क्व्होँलासोँथर गाउँपालिका–९ गिलुङ गाउँ पुगेर सेनाको टोलीले विपद् सम्बन्धी कृतिम अभ्यास गरेको हो । गिलुङको बुद्दोदय माध्यामिक विद्यालयमा मंगलबार आयोजना गरिएको कार्यक्रममा स्थानीय, शिक्षक, विद्यार्थी तथा जनप्रतिनिधिहरुको सहभागिता थियो ।

चण्डीप्रसाद गणका सेनानी प्रदिप थापाको टोलीले विपद् ब्यवस्थापन सम्बन्धी सचेतनामुलक कृतिम अभ्यासहरु प्रस्तुत गरेको वडा नं. ९ का वडा अध्यक्ष हुमराज गुरुङले जानकारी दिनुभयो । मानव निर्मित अव्यवस्थित भौतिक पूर्वाधार संरचनाका कारण प्रकोपमा परि धेरै धनजनको क्षति हुनेहुँदा यस्ता कार्यक्रमले सचेत गराएको उहाँले बताउनुभयो ।

कृत्रिम घटना अभ्यास अवलोकनपछि प्राकृतिक प्रकोपको बारेमा धेरै जानकारी प्राप्त भएको बुद्दोदय मावि ब्यवस्थापन समितिका अध्यक्ष ज्योतिप्रसाद गुरुङले बताउनुभयो । “भूकम्प गइहाले कसरी बँच्ने ?,उहाँले भन्नुभयो, “आगोलागी भएमा नआत्ति उद्दारमा लाग्नुपर्ने रहेछ, दमकललाई बोलाउनुपर्ने रहेछ ।”

भूकम्पीय जोखिम न्यूनीकरण, प्रतिकार्य, पूर्व तयारी तथा सुरक्षित भवन निमार्ण लगायतका विषयमा प्रभावकारी प्रचारप्रसार र जानकारीका लागि कृतिम अभ्यास प्रदर्शन गरिएको चण्डीप्रसाद गणका सेनानी प्रदिप थापाले बताउनुभयो ।

भूकम्पीय जोखिम तथा आगलागीलाई लक्षित गरी विपद् व्यवस्थापन सम्बन्धी गरिएको यस्ता कार्यले स्थानीयलाई सचेत बनाएको क्व्होँलासोँथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । विपद्को समयमा नेपाली सेनाको अतुलनीय सहयोग र योगदान रहने गरेकाले सचेतनामुलक कामले झनै भरोसा बढाएको उहाँले बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist