लमजुङ । लमजुङमा चालु आर्थिक बर्षको छ महिनामा छ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्म छ जना नयाँ कुष्ठरोगी पहिचान भएका हुन् ।
आर्थिक बर्ष २०८१÷०८२ मा बेसीसहर नगरपालिकामा तीन, सुन्दरबजार नगरपालिकामा दुई र मस्र्याङ्दी गाउँपालिकामा एक जनामा कुष्ठरोग भेटिएको हो । अघिल्लो बर्षबाट नियमित औषधी सेवन गर्दै गरेका तीनजना समेत गरि लमजुङमा कुष्ठरोगीको संख्या नौजना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका सूचना अधिकारी लेखनाथ उपाध्यायले जानकारी दिनुभयो । उपाध्यायका अनुसार पुरुष सात जना र महिला दुईजना रहेका छन् ।
कम किटाणु भएका कुष्ठरोगका लागि छ महिना र धेरै किटाणु भएका कुष्ठरोगका लागि एक बर्ष औषधी सेवन गर्नुपर्छ । लमजुङमा आर्थिक बर्ष २०८०÷०८१ मा १४ जना र त्योभन्दा अघि २०७९÷०८० मा १० जना कुष्ठरोगी थिए ।
सरकारले कृष्ठरोग निवारणमा लामो समय देखि काम गर्दै आएपनि निवारणमा चुनौती देखिएको छ । सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरिएपनि त्यसो भएको पाइँदैन । नेपालले सन् २०३० सम्म कुष्ठरोगलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर, केही ठाउँमा बिरामी भेटिँदा यो लक्ष्यमा चुनौती थपिएको छ ।
यो रोग जुनसुकै उमेर समूहका मानिसमा पनि लाग्न सक्छ । शरीरमा देखिएको दाग नचिलाउनु, छुदा थाहा नपाउनु, रातो र फुस्रो दाग देखा पर्नु, स्नायु सुनिने, हातखुट्टा झमझम हुने शरिरमा गिर्खा देखा पर्ने यो रोगका लक्षण हुन् । कुष्टरोग कम सर्ने रोग हो भने यो ‘गाईकोब्याक्टेरीयम लेप्रो’ नामको किटाणुले रोग प्रतिरोधात्मक शक्ति कम भएमा लाग्छ । यो श्वास प्रश्वासको माध्यमवाट सर्ने रोग हो । रोग पत्ता लागेपछी नियमित औषधी सेवन गरे यो रोग निको हुन्छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















