तामाङ संस्कार जोगाउन सांस्कृतिक उत्सव

लमजुङ । तामाङ समुदायको संस्कार र संस्कृति संरक्षणका लागि लमजुङ सदरमुकाम बेसीशहरमा शनिबार तामाङ साँस्कृतिक उत्सव कार्यक्रम भएको छ ।

तामाङ समूदायको नयाँ वर्ष २८६१ औँ सोनाम ल्होसारको अवसरमा लमजुङभर छरिएर रहेका तामाङ समुदाय मिलेर शनिबार बेसीसहरमा साँस्कृतिक उत्सव मनाएका हुन् ।

नेपाल तामाङ घेदुङ् जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष होमरास तामाङले तामाङ समूदायको वर्गचक्र अनुसार डुल ल्हो (नाग वर्ग) को अवसरमा साँस्कृतिक उत्सव कार्यक्रम गरिएको बताउनुभयो ।

“भाषा लिपि मौलिक संस्कृति तामाङको पहिचान, उत्पादन, निर्माण र समृद्धि हाम्रो साझा अभियान” भन्ने मूल नाराका साथ आयोजित साँस्कृतिक उत्सव कार्यक्रममा तामाङ जातिको परम्परागत रुपमा प्रयोग हुँदै आईरहेको भेषभुषा, बाजागाजा, बोम्वो, ताम्वा, लामा, गन्वा नाँच प्रदर्शन गरिएको थियो । उत्सवमा तामाङ समूदायमा प्रचलित परम्परागत खाना, साहित्यिक कार्यक्रम, झाँकी तथा ¥याली प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

सामान्यतय मान्यजनबाट आशिर्वाद लिने, आफन्तसँग भेटघाट गरी मीठा–मीठा परिकार खाने खुवाउने र नाचगान गरि ल्होसार मनाउने गरिन्छ । विभिन्न ठाउँमा छरिएर रहेका तामाङ समूदायलाई एकठाउँमा जम्मा गरी एकता र भातृत्वका लागि साँस्कृतिक उत्सव आयोजना गरिएको आयोजक समितिका सचिव आशिष तामाङले बताउनुभयो ।

“तामाङ भाषा, सँस्कृृति विस्तारै हराउँदै छ । यसको जगेर्ना गर्न उत्सव गरेका हौं ।” अध्यक्ष होमरास तामाङले भन्नुभयो, “उत्सवबाट मौलिक सँस्कृतिको प्रवद्र्धन र प्रचार भएको छ ।” यस्ता कार्यक्रमले तामाङको भाषा, कला र सँस्कार सँस्कृतिको जगेर्ना गर्न सहयोग पुगेको उहाँले बताउनुभयो ।

उत्सवले तामाङ संस्कार र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि सहयोग पुगेको आयोजकको दावी छ । ल्होसार उत्सवको गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले उद्घाटन गर्नुभएको थियो । उहाँले सबै जातजातिको संस्कृति र पहिचान जोगाउन गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य यशोदा रिमाल, जिल्ला समन्वय समितिका प्रमुख पुर्णबहादुर गुरुङ, बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, क्ब्होँलासोँथर गाउँपालिकाका अध्यक्ष सुर्य गुरुङसहितका अतिथीहरुको सहभागिता थियो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist