लमजुङ । गएराती परेकाे चट्याङ लागेर लमजुङमा एकजनाको मृत्यु भएको छ । एकजना घाईते भएका छन् ।
क्व्होलासोथार गाउँपालिका-७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको चट्याङ लागेर मृत्यु भएको वडाअध्यक्ष लक्षुमन गुरुङले जानकारी दिए ।
मंगलबार राती २ बजेतिर पिसाव फेर्न बाहिर निस्केको बेलामा चट्याङ लागेकाे स्थानीयले बताएका छन् ।
यसैगरी चट्याङका कारण राइनास नगरपालिका-९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन् । उनकाे सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मिनबहादुर घलेले जानकारी दिए । घटनास्थलमा गिलुङ प्रहरी चौकीबाट प्रहरी खटिएको उनले बताए । घटनाको एकीन विवरण आउन बाँकी रहेको उनले बताए ।
चट्याङका कारण बेंसीसहर नगरपालिका ६, शेराका मदन परियारको एउटा गोरु मरेको छ । विभिन्न क्षेत्रमा बिद्दुतिय सामाग्रीमा क्षति पुगेकाे बताईएकाे छ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link

















