बेसीसहर खानेपानी : उपाध्यक्ष र एक सदस्य बाहेक सबै पदमा प्रगतिशील समुहका उमेदवार विजयी



लमजुङ । स्थानीय मिनि चुनावकाे रूपमा हेरिएकाे बेंसीसहर खानेपानी तथा उपभोक्ता समितिमा एमाले–माओवादी केन्द्रसहितको प्रगतिशील समूहका उम्मेदवार रामबहादुर गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् ।
क्व्होलासोथार गाउँपालिका ४, भुजुङ घर भइ हाल बेंसीसहर बस्दै आएका गुरूङ करिब ९ वर्षपछि भएको अधिवेशनमा कांग्रेस–राप्रपा समर्थित गठबन्धनलाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

बेंसीसहर खानेपानी तथा उपभोक्ता समितिको यसअघिको निर्वाचनमा कांग्रेस समर्थितको प्यानलै विजयी भएका थिए । यसपटकको चुनावमा सत्तापक्ष नेकपा एसले गुरुङ नेतृत्वको टीमलाई समर्थत गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित समूह भने छुट्टै चुनावमा उठेको थियो ।

आइतबार राती सकिएको मतपरिणाम अनुसार अध्यक्षमा निर्वाचित गुरुङले अध्यक्षका उम्मेदवार कांग्रेस–राप्रपा समर्थित लोकतान्त्रिक समूहका लोकेन्द्र गुरुङलाई ५८ मतले पराजित गरे । रामबहादुरले ७ सय ३७ मत प्राप्त गर्दा लोकेन्द्रले ६ सय ७७ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार रास्वपाका विष्णु घिमिरेले ३ सय १० मत प्राप्त गर्न सफल भए । कूल ३ हजार १ सय ९७ मतदाता रहेकोमा १ हजार ८ सय १ मत खसेको थियो ।
अध्यक्षमा निर्वाचित भएपछि रामबहादुर गुरुङले बेंसीसहरबासीलाई स्वच्छ खानेपानी खुवाउन आफू कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छन् ।
उपाध्यक्षमा लोकतान्त्रिक समूहकी आशकुमारी गुरुङ निर्वाचित भईन् । उनले ७ सय ११ मत प्राप्त गर्दा निकटम प्रतिष्पर्धी प्रगतिशील समूहकी श्रद्धा पौडेल घिमिरेले ५ सय ९९ मत प्राप्त गरिन । रास्वपाकी सविता अधिकारी बरालले ३ सय ६९ मत पाईन ।

सचिवमा प्रगतिशीलका शम्भूलाल श्रेष्ठ ७ सय ३६ मतका साथ विजयी भए । लोकतान्त्रिक समूहबाट सचिवका उम्मेदवार चन्द्रकान्त पौडेलले ५ सय ७८ मत र रास्वपाका श्यामबहादुर अर्यालले ३ सय २४ मत प्राप्त गरे ।

कोषाध्यक्षमा ७ सय ८ मतका साथ प्रगतिशील समूहका नन्दलाल श्रेष्ठ निर्वाचित भए । प्रतिद्धन्द्धि लोकतान्त्रिक समूहका भगवान पियाले ६ सय ४५ मत र रास्वपाका मिना खड्काले २ सय ८२ मत ल्याइन ।

महिला सदस्यमा प्रगतिशील समूहकी युक्मी गुरुङ र सविना रिमाल विजयी भए । दलित सदस्यमा प्रगतिशीलकै गोपाल परियार निर्वाचित भए । खुलातर्फ प्रगतिशीलका भिमसेन अधिकारी, राजन पौडेल, विनोद तामाङ र लोकतान्त्रिक समुहबाट राप्रपाका अजितबहादुर अधिकारी निर्वाचित भए । पदाधिकारीसहित ११ जनाको निर्वाचन भएकोमा लोकतान्त्रिक समूहका उपाध्यक्ष र १ जना सदस्यबाहेक सवैमा प्रगतिशील समूहका उम्मेदवार विजयी भएका छन् । विजयी प्रगतिशील समूहले आइतबार राती नै बेंसीसहरमा विजयी ¥याली गरेका छन् । 

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist