लमजुङ । उपाधिकाे दावेदार मानिएकाे विभागिय टिम त्रिभुवन आर्मी क्लब बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप नकआउट फुटबलबाट बाहिरिएकाे छ ।
बुधवार अभिषेक चर्च रहजरसंग नेपाल प्रहरीकाे पुलिस क्लव ट्राइबेकरमा पराजित भएलगत्तै बिहीबार भएकाे तेस्राे क्वार्टरफाइनल खेलमा लालीगुराँस युवा क्लव भुजुङसंग २–० गाेल अन्तरले नेपाली सेनाकाे त्रिभुवन आर्मी क्लव स्तब्ध बनेकाे हाे ।
बेसीशहरकाे सहजीस्थित त्रिवेणी रंगशालामा बिहीबार भएकाे पहिलाे क्वार्टरफाइनल खेलमा लालीगुराँस युवा क्लवले सेनालाइ शुरूवातदेखि नै दबाबमा राख्याे । खेलकाे पहिलाे हापकाे २१ औं मिनेटमा भुजुङका लागि जर्सी नं. ९ का खेलाडी बिशाल घलानले गाेल गरे । बिशाल लामाकाे लिफ्टेड बललाइ विदेशी खेलाडी जर्सी नंं ५ का विलियमले डिबक्सबाट घलानलाइ पास गरे । माैकामा रहेका घलानले उक्त पासलाइ सुुन्दर गाेलमा परिणत गरिदिए ।
पहिलाे हापकाे ३५ औं मिनेटमा भुजुङले सेना बिरूद्ध दाेस्राे गाेल गरी सेमिफाइनकाे यात्रा पक्का गर्याे । फ्लाेरेन् काेराले सेन्टर भन्दा वरैबाट सेनाकाे पाेष्टतर्फ दिएकाे पासलाइ जर्सी नंं १० का निरज चाैधरीले चुक्न दिएनन् । सेनाका दुइजना खेलाडीले घेरिरहँदा पनि चाैधरीले उक्त पासलाइ सुन्दर गाेलमा परिणत गरे । याे संगै अब लालीगुराँस युवा क्लव भुजुङ सेमीफाइनलमा प्रवेश गरेकाे छ ।
दाेस्राे क्वार्टरफाइनल बेसीशहर युथ साेसाइटी र एलजी एसाेसियसन पाेखराबीच भयाे । खेल निकै नै प्रतिस्प्रधात्मक रह्याे । पहिलाे हाफमा दुबै पक्षद्वारा कुनै गाेल हुन सकेन । अन्तिम समयमा कर्नर पासलाई सदुपयोग गर्दै बेसीसहर युथ साेसाइटीका विदेशी खेलाडी स्ट्रेवन विनाेङले डियरियाबाट गरेकाे प्रहारले जाली चुम्याे । एलजि एसाेसिएसनले शुरूदेखिलआक्रमक खेल खेलेपनि खाता खाेल्न सकेन ।
शुक्रबार पहिलाे सेमिफाइनल खेल अबिशेक चर्च रजहर र लालिगुराँस युवा क्ल्ब भुजुङ, दाेस्राे खेल लाङ्दीदेवी युवा क्ल्ब नाल्मा र बेसीसहर युथ साेसाईटीविच हुनेछ ।
प्रतियाेगितामा प्रथम पुरस्कारकाे राशी ८ लाख छ । याे राशी गण्डकी प्रदेशमै दाेस्राे ठुलाे धनराशीकाे पुरस्कार हाे ।
प्रतियाेगिताकाे उपविजेताले नगद ४ लाख र सेमीफाइनल पुग्ने दुई टीमले नगद १\१ लाख पुरस्कार पाउने छन् । सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद २०\२० हजार पाउने छन् । फाईनल खेल २१ गते हुनेछ ।
लोकदृश्य
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
- लोकदृश्य#molongui-disabled-link
















