लालीगुराँस युवा क्लब भुजुङलाई १९ वर्षपछि पुन: त्रिवेणी कपकाे उपाधी



लमजुङ । गण्डकी प्रदेशकै दाेस्राे ठुलाे धनराशी पुरस्कार रहेकाे त्रिवेणी कप नकआउट फुटबल प्रतियोगिताकाे उपाधी लालीगुराँस युवा क्लब भुजुङले जितेकाे छ ।

बेसीसहरस्थित सहजी त्रिवेणी रंगशालामा भएको ३१ औं त्रिवेणी कप नकआउट फुटबलकाे फाइनल खेलमा बेँसीसहर युथ साेसाईटीलाई १–० गोल अन्तरले पराजित गर्दै लालीगुराँस युवा क्लब भुजुङले १९ वर्षपछि पुनः उपाधि जितेको हो । भुजुङले ०६१ मा त्रिवेणीकप उपाधी उचालेकाे थियाे ।

यसपटक एनएसएलका अधिकांश खेलाडी लिएर खेलेकाे भुजुङले उपाधीकाे दावेदार मानिएकाे विभागिय टिम त्रिभुवन आर्मी जस्ता टिमलाई पराजित गर्दै फाईनलकाे यात्रा गरेकाे थियाे ।

लालीगुराँसले खेल अबधिभर आफ्नो दवाव कायम राखेपनि पहिलाे हाफ बराबरी रह्याे । निकै राेमाञ्चक खेलकाे दास्राे हाफकाे १५ मिनेटमा बेसीसहर युथ साेसाईटीका जर्सी नम्बर २५ का बिदेशी खेलाडी एन्ड्रियास नियाले आफ्नै पोस्टमा गोल गर्दा लालीगुराँस युवा क्लब उपाधीकाे दावेदार बन्याे ।

१९ वर्षपछि त्रिवेणी कपकाे पुन: च्याम्पियन बनेकाे भुजुङले नगद ८ लाख र ट्रफि उचाल्याे । त्रिवेणी कपकै दुई पटक उपाधी जितिसकेकाे बेसीसहर युथ साेसाईटीले उपविजेतामा चित्त बुझाउँदै ४ लाख रुपैयाँ प्राप्त गर्याे ।

विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशसभा सदस्य भेषबहादुर पाैडेल, बेसीसहर नगरपालिकाका मेयर गुमानसिँह अर्याल, त्रिवेणी क्लबका अध्यक्ष राजकुमार घिमिरेलगायतले पुरस्कार वितरण गरेका थिए ।

सेमीफाइनलमा पराजित लाङ्दीदेवी युवा क्लब नाल्मा र अविशेक चर्ज रजहर नवलपुरले नगद १\१ लाख पुरस्कार पाए । सर्वोकृष्ट खेलाडी बेसीसहर युथ साेसाईटीका लक्षु थापा र सर्वाधिक गोलकर्ता सुन्दरबजार युवा क्लबका एराेन थापाले नगद २०\२० हजार पाए । फाईनल खेलकाे म्यान अफ दि म्याच लालीगुराँस युवा क्लबका सुदिप गुरूङ भए ।

प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी, महेन्द्र पुलिस क्लबसहित देशका विभिन्न ठाउँका २१ टिमकाे सहभागिता थियाे ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist